विज्ञापन

टीकापुरमा आगलागीबाट एक गोठ र ट्रयाक्टर जलेर नष्ट

Image

टीकापुर / कैलालीको टीकापुरमा आगलागी भएको छ।टीकापुर नगरपालिका वडा न ७ कालाकु्ण्डा स्थित डाँडागाउमामा आगलागी हुदा एक गोठ जलेर नष्ट भएको छ । स्थानिय धनमाया घर्तिमगरको गोठमा आगलागी हुदा गहुको भुसा, पराल र करिब ५ क्विन्टल गहु जलेर नष्ट भएको प्रहरी चौकी कालाकुण्डाका प्रहरी बरिष्ठ नायब निरिक्षक गोकुल बलायरले जानकारी दिनु भएको छ । गोठ नजिकै खेत जोताई पश्चात आगनमा राखिएको नम्बर नखुलेको सोनालिका ट्रयाक्टर समेत जलेको जानकारी दिनु भएको छ । ट्रयाक्टरको दायाँ पट्टिका अगाडिको र पछाडिको टायर समेत जलेर नष्ट भएको छ भने ट्रयाक्टरको वायरिङमा समेत आगलागि भएको छ । दिउसो करिब ३ बजेको समयमा भएको आगलागि स्थानिय बासिन्दा नेपाल प्रहरी, शसस्त्र प्रहरी र टिकापुर नगरपालिका को दमकलको सहयोगका आगो नियन्त्रणमा लिएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन