नेवाः देय देयुु बर्दिया जिल्ला कार्य समितिको दोस्रो साधरण सभा सम्पन्न भएको छ । राजापुर नगरपालिका वडा न. ४मा रहेको डाफे सामुदायिक वनमा भएको कार्यक्रमको सभापतित्व नेवाः देव देवुका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले गर्नु भएको थियो भने प्रमुख अतिथी प्रदेश सदस्य कृष्ण कुमार श्रेष्ठ हुुनुहुनथ्यो ।
प्रमुख अतिथी कृष्ण कुमार श्रेष्ठ ले नेवारी सस्कृती सरंक्षणमा सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।
अगंद श्रेष्ठले सञ्चालन गर्नु भएको सो कार्यक्रममा इश्वर श्रेष्ठले सागंठनिक प्रतिवेदन र मोहनलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला कार्य समितिले राजापुर नगर समिति लाइ अधिवेशन गर्ने जिम्मा दिएकोले यसपाली को कार्यक्रम राजापुरमा आयोजना गरीएको जिल्लाका वरिष्ठ उपाध्यक्ष विश्वमान प्रधानले बताउनु भयो ।
१२० जनाको उपस्थिति रहेको सो कार्यक्रमले तेस्रो जिल्ला अधिवेशन फागुनमा गर्ने निर्णय गरिएको भएता पनि मिति र स्थान नतोकिसकिएको र सो को अधिकार पदाधिकारीहरुलाइ दिइएको सल्लाहकारर अगंद श्रेष्ठले बताउनु भयो ।






















