विज्ञापन

हावाहुरीका कारण रुखको हाँगा खसेर ३ दिनमा दुई जनाको मृत्यु

Image

टीकापुर / टीकापुरमा हावाहुरीका कारण रुखकाे हाँगा खसेर ३ दिनमा दुई जनाकाे ज्यान गएकाे छ ।
गए राति आएको हावाहुरीको कारण कैलालीको टीकापुरमा रुखको हाँगा खस्दा एक बालिकाको ज्यान गएको छ । टीकापुर नगरपालिका वडा नं. १ बिशालनगरकी १४ वर्षीया प्याउरी बि.क.को बुधवार
हावाहुरीका कारण घर नजिकै रहेको साझको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेपछि ज्यान गएको ईलाका प्रहरी कार्यालय टीकापुरलेजनाएकाे छ । हावाहुरीका कारण रुखको हाँगाले च्यापिएर वि.क.को घटनास्थलमै मृत्यु भएको जनाएको छ । गत साेमबार हावाहुरीका कारण रुखले च्यापिएर ७० बर्षिया बृद्धाकाे समेत मृत्यु भएकाे थियाे । शिविर क्षेत्रमा सुकुम्बासी, मुक्त कमैया, भूमिहीनले जग्गा पाउनृु पर्ने माग गर्दै जंगल अतिक्रमण गरी बसेका छन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन