विज्ञापन

बाघ आतंक नियन्त्रण गर्नका लागि सर्वपक्षीय भेला

Image

टीकापुर/ कैलालीको टीकापुर नगरपालिका वडा ७ सत्ती लगायत आसपासका गाउमा बाघ आतंक भए पछि बाघ आतंक नियन्त्रण गर्नका लागि सर्वपक्षीय भेला गरिएको छ । सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुह को आयोजनामा भएको भेला वनका अध्यक्ष जितराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सत्ती लगायत आसपासका गाउमा बाघ पसेर घर पालुवा जनावरलाई आक्रमण गर्न थाले पछि स्थानिय त्रसित हुन थालेका छन । सत्ती कर्णाली सामुदायिक वन गाउँ नजिक रहेको क्षेत्रमा झाडी सफाई गर्नुका साथै सो क्षेत्रमा गाईबस्तु चरिचरणका रुपमा खुल्ला गर्नु पर्ने स्थानियले माग गरेका छन। आज बसेको भेलाबाट गाउँ नजिक रहेको बन क्षेत्रलाई झाडी सफाई गरि पिकनिक स्पोटका रुपमा बिकास गर्नका लागि स्थानिय र सामुदायिक वनको टोलि जानकारि लिन ईलाका वन कार्यालयमा गई प्रकृयाका बारेमा जानकारी लिन जाने निर्णय भएको छ । सत्ती कर्णाली सामुदायिक वनको सेवा क्षेत्रका गाउँ बनगाउ ,फाटा, सुर्यपुर ,धामीटोल, रामजानकी टोल, पदमपुर, सिम्रेनी, मगरटोल लगायतका क्षेत्रमा पाटे बाघको आतंक रहेको स्थानिय योगेन्द्र प्रसाद जैशीले बताए । उक्त क्षेत्रमा पाटे बाघले स्थानियका घरपालुवा जनावर माथि आक्रमण गरिरहेको समेत जनाएको छ ।बाघले स्थानीय ईन्द्र महरको भैसीको पाडालाई राती घरमा बाधिएको अवस्थामा आक्रमण मारेको थियो भने टीकापुर ७ धनमीटोलका योगेन्द्र प्रसाद जैशीको ब्याउने बाख्रालाई राती गोठ बाट लगेर जंगल मारेको अवस्थामा फेला परेको थियो । त्यसैगरी पदमपुर र धामीटोलमा कुकुरलाई समेत आक्रमण गरेको थियो ।सामुदायिक वन क्षेत्रका गाउमा बाघ आतंक भए पछि बाघ आतंक नियन्त्रण का लागि सामुदायिक वनले तारजालीले उक्त क्षेत्रमा रोकथाम गर्नका लागि सब डिभिजन वन कार्यालयमा तारजालीको समेत माग गरिएको र समय समयमा झाडी सफाई गरिरहेको सामुदायिक वनका अध्यक्ष जितराम चौधरीले बताए ।बाघले आतंक मच्चाउन थाले पछि स्थानियले टीकापुर नगरपालिका समेत जानकारी गराई सड्क बत्ती जडान र बाटो क्षेत्र रहेको झाडी सफाईका लागि हस्ताक्षर सहितको माग पत्र टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारुलाई पेस गरिएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन