भजनी / कैलालीको भजनीमा शसस्त्र प्रहरी र सिमाबासी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । भजनी नगरपालिका वडा न ३ कुसुमघाट स्थित शसस्त्र प्रहरी प्रस्ताबित गुल्ममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिमाबासी संग शसस्त्र प्रहरी कार्यक्रम अन्तरगत सिमा सुरक्षाको महत्व सिमा अपराध नियन्त्रण कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको हो । शसस्त्र प्रहरी बल नेपाल ३४ नं गण हेडक्वाटर कैलालीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा टीकापुर नगरपालिका र भजनी नगरपालिकाका सिमा संग जोडिएको वडाका वडा अध्यक्ष ,स्थानिय बासिन्दा पत्रकार लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भजनी ३ का वडा अध्यक्ष बिक्रम चौधरी सहायक पिल्लर नहुदा नेपालको क्षेत्र छुट्याउन समस्या, खुल्ला सिमा नाका भएका कारण लागुऔषध प्रयोग तथा ओसारपसार जटिल समस्या रहेको ,नेपालमा कृषकलाई मल बिउको समस्या रहेकोले कृषकलाई सहुलियत गरिदिन हुन अनुरोध गरेका छन ।
भजनी ७ का अध्यक्ष अमर बहादुर कठरिया खुल्ला नाका रहेकाले वडामा चोरी डकैति हुने गरेको दिउसो र रातीको समयमा सिमा गस्ती बढाउनु पर्ने बताए । उक्त वडामा भारतिय नम्बरका गाडी प्रत्येक घरमा रहेको ले उक्त कार्यलाई रोकथामको प्रयास गरिनु पर्ने बताए ।

भजनी नपा ८ वडा अध्यक्ष पंकज चौधरी कृषकलाई मलबिउका लागि भारतबाट ल्याउन सहज गरिदिनहुन अनुरोध गरेका छन ।
भजनी ५ का वडा अध्यक्ष केशब बुढा सिमा क्षेत्रमा रहेको शसस्त्र प्रहरीले राम्रो काम गरेको र चोरी तस्करी नियन्त्रण गरेको बताउदै सिमा क्षेत्रमा रहेका किसानलाई मलबिउ सहजरुप ल्याउनमा सहयोग गरिदिन अनुरोध गरेका छन । ७११ नम्बर पिल्लर नजिक रहेको दशगजामा तटबन्धगरि बाढीबाट स्थानियलाई जोगाउन लागि बजेट छुट्याउदा भारतियपक्षले काम गर्न नदिएको बताए ।
टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले सिमा नाकामा शसस्त्र प्रहरीले चोरि डकैति नियन्त्रण भएको र चोरी तस्करी नियन्त्रणका लागि अझ पेचिलोरुपमा प्रस्तुत भई लाग्नु पर्ने सुझाब दिएका छन ।भने लागुऔषध नियन्त्रणमा सकृयता देखाउनु पर्ने बताए ।
टीकापुर नगरपालिका वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले सिमा नाकामा हुने समस्यामा शसस्त्र प्रहरीले महत्वपुर्ण भुमिका खेलेको बताउदै लागुऔषध नियन्त्रणमा कडाईका साथ लाग्नु पर्ने बताएका छन ।त्यसैगरि पत्रकार मान बहादुर ठकुल्लाले सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा र लागुऔषध ओसारपसारमा कडाई गरिनुपर्ने र प्रहरीले चोरी तस्करीका मालबस्तु पक्राउ गरि भन्सार बुझाउदा मालबस्तुको मुल्यांकन बजारको दर रेट भन्दा बढी गरि पठाउदा सामान लिलाम हुन नसकेकोले मूल्य राख्दा बजार मूल्य भन्दा कमि गरि बुझाउने पर्ने सुझाब दिएका छन भने सिमा क्षेत्रमा खटिएका तथा स्थापना गरिएका बेस क्याम्पमा खाने पानीको समस्या रहेकोले समाधानका लागि जनप्रतिनिधि लाई समेत अनुरोध गरेका छन । शसस्त्र प्रहरी बल नेपाल ३४ नं गण हेडक्वाटर कैलाली धनगढीका गणपति एसपी दल बहादुर पाण्डेले सिमा क्षेत्रमा रहेका समस्या समाधानका लागि सदैब तत्पर रहेको र सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्न आफु मातहतका सम्पुर्ण बिओपीका प्रमुखलाई निर्देशन समेत दिनु भएको छ ।
























