विज्ञापन

सकारात्मक सोचको बिकाशमा बह्मा कुमारीको भुमिका महत्वपूर्ण – प्रमुख थारु

Image

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले सकारात्मक सोचको बिकाशमा बह्मा कुमारी बिश्व बिध्यालयको भुमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । आज एक कार्यक्रमका बिच बह्मा कुमारी बिश्व बिध्यालय राजापुरको नव निर्मित भवनको उद्घाटन गर्दै प्रमुख थारुले यस्तो बताउनु भएको हो । मन शान्ती भए रोगवाट मुक्ती पाउने भन्दै प्रमुख थारुले यो कार्यमा बह्म कुमारीले अहम भुमिका खेलेको धारणा व्यक्त गर्नुभयो । गाँउगाँउ र टोलटोलमा युवा पुस्ता लागुऔषध दुव्र्यशनमा फसेकाले उनिहरुलाई मुक्ती दिलाई शान्त राजापुर बनाउन बह्म कुमारी अग्रसर हुनेमा आफु आशावादी रहेको भन्दै प्रमुख थारुले आफु सहयोग गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रलले मनमा शान्ती र स्थीरता ल्याउन बह्मा कुमारीको भुमीकालाई सम्मान गर्दै आफु परस्पर नजीकै भएको धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ राजापुरका अध्यक्ष राजकुमार रेग्मीले बह्मा कुमारी बिश्व बिध्यालय राजापुर सेवा केन्द्रमा आउदा आफुमा निकै परिवर्तन आएको भन्दै आलश्यता ,नैरश्यता हटाउन मेरीटेशन आवश्यक रहेको बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष राजापुर सेवा केन्दका प्रमुख बह्म कुमारी सपना दिदी ज्यूले शान्त राजापुर बनाउन आफुहरु उद्दत रहेको भन्दै भवन निमार्णमा सहयोग पु¥याउने राजापुर नगरपालीका प्रति कृतज्ञता ज्ञापन गर्नुभयो । बर्दिया उद्योग बाणिज्य संघका महासचिव लोकराज ढ्ङ्गानाले संचालन गर्नुभएको कार्यक्रममा राजापुर क्षेत्रका बह्माकुमारीका अनुयायी एवं भक्त सहभागी थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन