विज्ञापन

उद्धघोषण कला एवम् बैठक माइन्युट लेखन तालिम

Image

राजापुर नगरपालिका वडा न. ५ले कमलहरी महिलाहरुको लागी उद्धघोषण कला एवम् बैठक माइन्युट लेखन तालिम सञ्चालन गरेको छ ।

राजापुर नगरपालिका वडा न. ५ले कामकाजी महिलाहरुको लागी उद्धघोषण कला एवम् बैठक माइन्युट लेखन तालिम सञ्चालन गरेको छ ।
५ दिन सम्म चलेको उक्त तालिम पश्चात सहभागी हरुले गाउटोलमा बैठक बस्दा, उपभोक्ता समितीको काम गर्दा लगायतका समयमा अरुको भर नपरी आफै माइन्युट लेख्ने र बिभिन्न मिटिगं छलफल तथा कार्यक्रममा बोल्ने र आवश्यक परे उद्धघोषण समेत गर्ने अपेक्षा लिइएको छ ।
हाल चैत्रको महिनामा खेतबारीमा गहु लगायतका हिउदे बाली भित्राउने समय भएपनि सहभागी महिलाहरु बिहान बेलुका घरको काम सकेर दिउसो कक्षामा सहभागी हुन पाउदा प्रसन्न र उत्साहित देखिन्छन ।

चैत्र २५ देखी शुरु भइ २९ गते सम्म चलेको तालिममा ३० जना महिला सहभागी थिए । राजापुर नगरपालिका वडा न. ५ को आयोजना र युनिक नेपालको सहकार्यमा आयोजना गरेको सो कार्यक्रममा उद्धघोषण कला, माइन्युट लेखन का साथै सञ्चार एवं व्यक्तित्व विकासका बारेमा पनि बताइएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन