
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा नेपाली काँग्रेस पार्टीकाे जनता संग काँग्रेस भन्ने अभियान अन्तरगत जन संम्बाद कार्यक्रम सम्पन्न भएकाे छ । कैलाली जिल्ला काे क्षेत्र न १ का क्षेत्रिय सभापति प्रकाश शाहकाे सभापतित्वमा भएकाे जन संम्बाद कार्यक्रम टीकापुर क्षेत्रका समस्याका र बिकासका बारेमा अाफ्ना माग सहितका भनाईहरु राखिएका थिए । हुलाकी सडक अासपासका क्षेत्रका जनताका समस्याका बारेमा लक्षित गरि संचालन गरिएकाे जनसंम्बाद कार्यक्रममा टीकापुर ७ सत्तीका शशी श्रेष्ठ,नेपाली काँग्रेसका कृयाशिल सदस्य प्रेम कठायत, लम्कीका देवान्नद न्याैपाने,बिजयराज श्रेष्ठ,बिद्यार्थी नेता अनिता क्षेत्री, शेर बहादुर साउद लगायतले स्थानिय स्थरका समस्याका बारेमा अाफ्ना भनाई दर्शाएका थिए भने टीकापुर नगरपालि वडा न ६ का वडा अध्यक्ष बलिराम चाैधरीले यश क्षेत्रका समस्या समेटिएको ज्ञापन पत्र पेश गरेका थिए । बाढीबाट मुक्त पार्नका लागि दिर्घकालिनरुपमा तटबन्धको व्यस्थापन हुनु पर्ने , सत्ती भन्सार कार्यालय खक्राैलामा क्वारेन्टाइनकाे स्थापना गरिनु पर्ने लगायतका माग सहितकाे ज्ञापनपत्र पेश गरिएकाे थियाे ।जनसंम्बाद कार्यक्रम युवाहरुलाई बिदेशिनु पर्ने बाध्यताबाट मुक्त पार्नका लागि नेपाली काँग्रेसले पहल गर्नु पर्ने , नेपालका विभिन्न स्थानमा बन्द अवस्थाका उद्योग लाई संचालन गरिनु पर्ने र नेपाली काँग्रेस पार्टी भित्रका अनेकौं समस्याका बारेमा संम्बादमा कुराहरु उठेका थिए । जनसंम्बाद कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री माननीय गगन कुमार थापाले यसक्षेत्रका समस्यालाई गम्भीरतापूर्वक लिएकाे समस्या समाधानका लागि अाफुले सन्सदमा जाेडदारका साथ उठानगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । यश टीकापुर क्षेत्रमा सबै भन्दा मुख्य समस्याका रुपमा रहेकाे बाढी नियन्त्रणका बिषयमा पहल गर्ने र सत्ती भन्सार कार्यालय खक्राैला क्वारेन्टाइन स्थापनाका लागि विशेष पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन ।
























