गुलरिया/ गुलरिया नगरपालिकाले महिला, शान्ति र सरक्षा सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरी द्वन्द्व पीडित महिला र बालिका र प्रभावित परिवारको सवाल सम्बोधन गर्ने नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयो । उक्त कुरा द्वन्द्व पीडितहरुसंगको भेटघाटमा चैत्र २६ गते बताउँदै संघीय सरकारले कतिपय नितिगत निर्णय र ब्यवस्था समयमा नबनाई दिदा स्थानीय तहले चाहेर पनि काम गर्न नसक्ने अवस्था रहेको बताउनु भयो । तर द्वन्द्व पीडितहरुको हितमा गुलरिया नगरपालिकाले योजना बनाएर आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको पनि बताउनु भयो ।
गुलरिया नगरपालिकाकी उप प्रमुख साबित्रा गौतमले द्वन्द्व पीडित परिवारको आर्थिक अवस्थामा कुनै न कुनै रुपमा सहयोग पुगोस भन्ने उद्देश्यले नगरपालिका र अन्य निकायसंग उद्यमशिलतामा जोड्न समन्वय र सहजीकरण गरिरहेको जानकारी दिनु भयो । नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा आफ्नो भुमिका प्रति पुर्ण प्रतिबद्ध रहेको पनि बताउनु भयो ।
गुलरिया नगरपालिकाले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न कार्ययोजना कार्यान्वयन स्थानीय समिति र पीडित प्रभावित महिला र बालीकाको समष्टिगत आवश्यकता पहिचान उप समिति आउने कार्यपालिकाको बैठकबाट गठन गर्ने गरी प्रक्रिया अगाडी बढाउने प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बताउन भयो ।
वकालत बैठकमा द्वन्द्व पीडितहरुले बिभिन्न सवाल मध्यमा द्वन्द्व पीडितहरुको तथ्याङ्क संकलन तथा अभिलेखिकरण गर्न पर्ने । महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० वमोजिमको दोस्रो चरणको कार्ययोजना कार्यान्वयनको प्रक्रिया तत्कालै अगाडी बढाउनु पर्ने । द्वन्द्व पीडितहरुको लागि शारीरिक तथा मानसिक स्वास्थ्य सहयोगको लागि कोष बनाउन र निशुल्क स्वास्थ्य विमाको लागि नितिगत ब्यवस्था गर्नु पर्ने । द्वन्द्व पीडित र उनीहरुको सन्तानको शिक्षामा उमेरहद बिना शिक्षामा सहयोग तथा छात्रबृत्तिको लागि नितिगत ब्यवस्था गर्न पर्ने । द्वन्द्व पीडितहरुको पीडासमनका लागि सामाजिक कार्यको लागि सहयोग गर्न र सामाजिक न्याय र सम्मानका लागि स्मृतिका कार्यहरु गर्न पर्ने । वेपत्ता पारिएका ब्यक्तिका श्रीमतीलाई एकल महिलाले पाउने सरहको सामाजिक सुरक्षा सहयोग वा भत्ता उपलब्ध गराउन पर्र्नेे । जेसि नितिका द्वन्द्व पीडित महिला र वालिकाको बिषय समेतिन पर्ने माग पत्र बुझाउनु भएको थियो ।
गुलरिया नगरपालिकाका द्वन्द्व पीडितहरुको सवालबारे वकालत गर्दै उनीहरुको हितमा योजना बनाएर काम गर्न ध्यानाकर्षण गर्ने उद्देश्यले नगरप्रमुख र उप प्रमुखसंग वकालत बैठक बसेको द्वन्द्व पीडित समितिकी गुलरिया नगरपालिका संयोजक सुदानी थारुले बताउनु भयो । नेपाल सरकारले नेपालको शान्ति प्रक्रियालाई अर्थपूर्ण रुपमा टुङ्गोमा पु¥याउन महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न दोस्रो चरणको राष्ट्रिय कार्य योजना कार्यान्वयनमा ल्याएको छ ।























