“द्वन्द्व पीडितको हितका योजनाबद्ध काम गर्न प्रतिबद्ध छौं” नगरप्रमुख तेजबहादुर भाट
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भातले द्वन्द्व पीडितहरुको सवालमा आफु संवेदनशिल रहेको र पीडितहरुको तथ्याक सकलन, उनीहरुको आवश्यकता पहिचान गरी योजनाबद्ध रुपमा काम गर्न तयार रहेको बताउनु भएको छ । उक्त कुरा २०८० चैत्र १६ गते आफनै कार्यकक्षमा द्वन्द्व पीडितहरुसंगको वकालत बैठकमा ब्यक्त गर्नु भएको हो ।

द्वन्द्व पीडित समिति बर्दियाको संयोजनमामा मधुवन नगरपालिकाका द्वन्द्व पीडितहरुले मधुवन नगरपालिका नजिकको सरकार र अभिभावक भएकोले पीडितहरुको दैनिक जनजीवनमा सहयोग पुग्ने खालको कार्यक्रम बनाएर कार्यान्वयन गर्न आग्रह गर्नु भएको थियो । साथै पीडितहरुले महिला शान्ति र सुरक्षा सम्बन्धी सयूंक्त राष्ट्रसंघ को प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजनाको दोस्रो चरणलाई कार्यान्वयन गर्न कार्ययोजना कार्यान्वयन समिति र पीडितको बिशिष्ट आवश्यकता पहिचान उप समिति गठन गरी अगाडी बढन पर्ने, पीडितहरुको अभिलेख संकलन गर्न पर्ने, जेसि नितिमा द्वन्द्व पीडित महिला र बालिकालाई समेत्न पर्ने लगायत १२ बुँदा सहितको माग पनि नगर प्रमुख तेजबहादुर भातलाई बुझाउनु भएको थियो ।
मधुवन नगरपालिकाले द्वन्द्व पीडितहरुको सवाललाई गम्भिरतार्पूवक लिई सुनुवाई गर्ने आशा रहेको द्वन्द्व पीडित समिति बर्दियाकी सदस्य सुभद्रा थारुले बिश्वास ब्यक्त गर्नु भयो ।
महिला शान्ति र सुरक्षा सम्बन्धी सयूंक्त राष्ट्रसंघ को प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको राष्ट्रिय कार्ययोजनाको दोस्रो चरणलाई कार्यान्वयन गर्न कार्ययोजना कार्यान्वयन समिति र पीडितको विशिष्ट आवश्यकता पहिचान उप समिति कार्यपालिकाको आउने बैठकबाट निर्णय गरी गठन गर्नेमा पीडित परिवार ढुक्क हुन मधुवन नगरपालिकाका प्रशासकिय अधिकृत मानबहादुर गिरीले बिश्वास ब्यक्त गर्नुभयो ।























