विज्ञापन

बिज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

Image

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको सहयोग तथा राजापुर नगरपालिकाको समन्वयमा भेरी मा.बि. धोबिनीपुरलाई बिज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको छ ।

९ लाख ५१ हजार ९ सय २५ रुपैया ५६ मुल्यको प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो ।
बिहीवार एक कार्यक्रमका बिच राजापुर नगरपालिका सामाजिक बिकास समिती संयोजक रमेश दहित वडा नं ८ का अध्यक्ष राजेश थारु र राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले उक्त सामग्री बिद्यालय व्यवस्थापन समिती अध्यक्ष राम प्रसाद ढुङ्गाना र प्रधानाध्यापक महादेव प्रसाद चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

बिज्ञान प्रयोगशाला सामग्री उपलब्घ गराउन नेतृत्वकारी भुमिका खेलेकोमा सँस्था र नगरपालिकालाई धन्यवाद दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले सामग्रीको भरपुर सदुपयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सामाजिक बिकास समिती संयोजक दहितले प्लान इन्टरनेशल
नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रले राजापुर नगरपालीकामा उल्लेखनिय कार्य गरेको तर्फ इंकित गर्दै नगरपालिकाको निर्देशनमा भेरी माबिलाई प्रयोगशाला सामग्री प्रदान गरिएको बताउनुभयो । प्रयोगशाला सामग्री बिध्यार्थि केन्दीत बनाई अधिकतम सिकाइको माध्यम बनाउन बिध्यालयलाई सुझाउनुभयो ।
कार्यक्रममा बोल्दै राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव श्रेष्ठले राजापुर नगरपालिकामा सहयोग गर्न पाउदा खुशी भएको भन्दै आगामि दिनमा बिभिन्न सहयोग सँगै जनचेतनामुलक कार्यक्रम गर्दै लैजाने बताउनुभयो ।

प्लान इनटरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रले र राजापुर नगरपालीकाको समन्वयमा शसक्त बालिका परियोजना सचांलन गरी रहेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन