विज्ञापन

सत्ती भन्सार कार्यालय खक्राैलाले बिगत ५ बर्षमा साढे ४५ कराेड राजस्व संकलन

Image

टीकापुर / कैलालीको सत्ती भन्सार कार्यालय खक्राैलाले बिगतका ५ बर्षमा ४५ कराेड ५० लाख ५८ हजार राजस्व संकलन गरेकाे तथ्यांकले देखाउछ।

अार्थिक बर्ष २०७५/०७६ मा ५ कराेड ६९ लाख ११ हजार राजस्व संकलन गरेकाे थियाे भने अार्थिक वर्ष २०७६/०७७ मा ५ कराेड ८० लाख ७ हजार उठाउन सकेकाे भन्सारकाे अभिलेखमा उल्लेख गरिएकाे छ । त्यस्तै अार्थिक बर्ष २०७७/०७८ मा १५ कराेड ८३ लाख ७ हजार , अाब २०७८/०७९ मा १० कराेड ६७ लाख ९३ हजार र अाब २०७९/०८० मा ७ कराेड ५० लाख ४० लाख राजस्व संकलन गरेकाे अभिलेखमा उल्लेख गरिएकाे छ । चालू अार्थिक वर्षकाे ८ महिनामा ७ कराेड भन्दा बढी राजस्व संकलन गर्न सफल भएकाे छ । सत्ती भन्सार कार्यालय खक्राैलाका प्रमुख धन बहादुर शाहीका अनुसार श्रावण महिनामा ७१ लाख ९ हजार ७ सय ५२ रुपैया राजस्व संकलन गरेकाे छ । त्यसैगरि भाद्र महिनामा सबै भन्दा बढी १ कराेड ११ लाख ८० हजार ९ सय ९२ ,असाेजमा ६२ लाख ६१ हजार ,कार्तिक महिनामा ९२ लाख ३५ हजार ,मंसिर महिनामा १ कराेड २४ लाख ४ हजार ,पाैष महिनामा १ कराेड ४२ लाख ७१ हजार ४ सय ५४ ,माघ महिनामा ६६ लाख ५७ हजार ९ सय ८७ र फागुन महिनामा ५६ लाख ११ हजार ४ सय ४८ रुपैया गरि चालू अार्थिक वर्षकाे अाठ महिनामा ७ कराेड २७ लाख ३१ हजार ७ सय ३३ रुपैया संकलन गरेकाे छ ।

खक्राैला भन्सार नाका बाट कम्पाईन , कपडा , हार्डवेयर, माेटरसाईकल , ट्रयाक्टरका पार्टस , ईलेक्ट्राेनिकका लगायत का सामान अायत हुने गरेकाे प्रमुख शाहीले जानकारी दिएका छन ।यस भन्सार भएर अायात हुने सामान नेपालका बजार टीकापुर , लम्की , बाैनिया बर्दिया जिल्लाकाे राजापुर , शान्तिबजार, र सुर्खेत लगायतका बजारमा जाने गरेकाे समेत जानकारी दिएका छन । चालू अार्थिक बर्षमा १२ कराेड १ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकाे छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन