टीकापुर / कैलालीको टीकापुर स्थित माेहना नदीमा मृत अवस्थाकाे बेवारिसे अवस्थाकाे शब शुक्रबार फेला परेकाे शवकाे पहिचान खुलेकाे छ । अाज बिहान मृतकका परिवारले पहिचान गरेकाे र टीकापुर नगरपालिका वडा न ४ छेकरखैलाका २२ बर्षिय नरेश रावल रहेकाे ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । शुक्रबार साँझ टीकापुर नगरपालिका वडा न ९ पुरानाे भन्सार नजिक खक्राैला स्थित माेहना नदीमा मृत अवस्थामा रावलकाे शब भेटिएकाे प्रहरी चाैकी कालाकु्ण्डाका ईन्चार्ज बरिष्ठ प्रहरी नायब निरिक्षक गाेकुल बलायरले जानकारी दिनु भएकाे छ । कालाे पैन्ट, हरियाे रंगकाे टिर्सट र कालाे राताे उईनचिटर पहिचान खुलेकाे समेत ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ । अाज करिब ६:३० बजेकाे समयमा स्थानियले माेहना नदीमा माछा मार्ने क्रममा उक्त शब देखेका थिए । शबकाे मुचुल्का उठाई पाेष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएकाे प्रहरीले जानकारी दिएकाे छ । यस सम्बन्धि प्रहरीले अनुसन्धान अगाडि बढाएकाे समेत जानकारी दिएकाे छ ।
विज्ञापन

बेवारिसे अवस्थामा माेहना नदीमा मृतक भेटिएका शबकाे पहिचान खुल्याे

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन













