टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित श्रीलंकामा नि शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ।सहिद स्मृति जनस्वास्थ्य सहकारी संस्था लिमिटेड टीकापुरको अायाेजनामा नि शुल्क स्वास्थ्य शिबिर संचालन गरिएकाे हाे ।

अाज एक कार्यक्रमकाे अायाेजना गरि स्वास्थ्य शिबिरकाे उद्घघाटन गरिएकाे हाे । सहकारी संस्थाका अध्यक्ष याेजना अधिकारीकाे अध्यक्षता भएकाे कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए । स्वास्थ्य शिबिरकाे उद्घाटन गर्दै ठकुल्लाले प्रयाप्त मात्रा स्वास्थ्य सेवामा पहुच नपुगेका समुदायका लागि निशुल्क शिबिर संचालन गरिएकाेमा वडा अध्यक्ष ठकुल्लाले धन्यबाद दिएका छन । कार्यक्रममा पत्रकार मान बहादुर ठकुल्लाले श्रीलंकामा शिबिर संचालन गरि स्थानिय बासिलाई स्वास्थ्य सेवा पहुच पुगाउनमा सहयाेग गरेकाेमन धन्यवाद दिदै स्थानियलाई सेवा लिन हुन समेत अाग्रह गरेका थिए । स्वास्थ्य शिबिरमा ६५ महिला ३८ पुरुष गरि १०३ जनाका स्वास्थ्य परिक्षण गरिएकाे सहकारी संस्थाकी सचिब सीता खनालले जानकारी दिएकी छिन ।
























