बिन्द्रा / बर्दियाको गेरुवा गाउँपालिकामा निशुल्क मधुमेह र रक्तचापको परिक्षण एव औषधि वितरण गरिएको छ ।
बिन्द्राली सक्रिय समुहको आयोजनामा भएको स्वास्थ्य चेक जाच शिविर लाइ डौना वेवरी हेल्थ क्लिनिक र पशुपति नगर स्वास्थ्य चौकी पथरैयाको प्राविधिक सहयोगमा सचांल। गरिएको थियो।

गेरुवा गाउँपालिकामा वडा नं ५ बिन्द्रा का चिडुवा थारु लाइ उच्चरक्तचाप को समस्या छ । आफ्नो घर नजिकै बसेको स्वास्थ्य चेकजाँच शिविरमा चेक जाच गराएर सित्तैमा औषधि पाउदा उनि निकै खुशी छन। शिविर मा मधुमेह तथा प्रेशर बिरुद्ध जनचेतना फैलाउनु का साथै परामर्श एवं औषधी वितरण पनि गरिएको आयोजक गगां राजबसीं ले बताए ।
आफ्नो गाउ आफै स्वास्थ्य बनाउ” भन्ने मुल नाराका साथ सचांलन गरिएको शिविरमा ३० वर्ष भन्दा माथि उमेरका स्थानिय हरुले चेकजाँच गराउनका लागि घुइचो लागेको थियो।बिहान ८ बजे बाट सुरु भएको शिविर मा ३०० बढिलाइ सेवा दिने लक्ष्यका साथ औषधि एव स्वास्थ्य प्राविधिक हरुले चेकजाँच गरीरहेको जनाइएको छ।






















