विज्ञापन

विश्व वन्यजन्तु दिवशमा विद्यार्थीलाई ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना

Image

विश्व वन्यजन्तु दिवशको अवसरमा बर्दिया जिल्लाको श्री कालिका माध्यामिक बिद्यालय राजापुर १ सोनपुरका कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

विश्व वन्यजन्तु कोष नेपाल द्धारा नेपाल सरकार संगको समन्वय र बेलायत सरकार अन्र्तगत डार्बिन इनिसिएटिभ को सहयोगमा सोनाहा बिकास समाज बर्दिया मार्फत संचालित “कर्णालि नदिमा ओत संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलिकरण ” परियोजना अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
“ हाम्रो प्रण, कर्णालि नदि तथा श्रोतहरुको संरक्षण ” मुल नाराका साथ सचेतना कार्यक्रम संचालन गरिएको थियो ।
३२ जना सहभागि उक्त कार्यक्रमको सहजिकरण परियोजनाबाट गठन गरिएका नदि खण्ड व्यवसथापन समुह अगुवा द्धय कोपिला थारु र शिवलाल थारुले गर्नु भएको थियो ।


दैनिक पढाई हुने बिषय बस्तु भन्दा फरक र नयाँ बिषयका साथै आफनै घर छेउमा बहने कर्णाली नदिमा ओत पाइनु र त्यसको संरक्षणका लागि परियोजना संचालनमा रहेको जानकारि पाउँदा निकै खुसि महशुष गरेको सहभागि विद्यार्थीहरुले बताएका थिए ।
यस परियोजना मार्फत यस अघि नै कर्णालि नदिको तल्लो तटमा आश्रित समुदायको बस्ति अनुसार कैलालिको लम्किचुहा नगरपालिकाको बलचौर देखि बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ४ छेदिया सम्म गठन गरिएका १५ वटै समुहमा समुहका अगुवा मार्फत ओत संरक्षण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन