विज्ञापन

पुस्तक बेच्दै महाविर पुन बर्दियामा

Image

११ फागुन, राजापुर / नेपाली बैंज्ञानिक, समाजेवी तथा मानवताबादी व्यक्तीत्व महाबिर पुन बर्दिया आइपुग्नु भएको छ । आफ्नो जीवनीमा आधारित महाबिर पुन नामक पुस्तक बिक्रीकालागी बर्दिया आइपुग्नु भएको हो ।

पुस्तक बिक्रीबाट संकलित रकम नेपालमा बन्द अवस्थामा रहेका कारखानालाई पुनः संचालनमा ल्याउने उदेश्य सहित आफु देश दौडाहमा निस्केको पुनले बताउनुभयो । बर्दियाका ८ पालिकाका बिभिन्न स्थानमा पुगेर पुस्तक बिक्रीगर्ने कार्यक्रम रहेको पुनले बताउनुभयो । पुन यसअघि सुदुरपश्चिमका बिभिन्न जिल्लाहुँदै बर्दिया आइपुग्नु भएको हो । पुनको पुस्तकमा आफ्नो तत्कालिन अवस्थामा बढ्नलाई गरेको प्रयाससँगै देशमा प्रबिधिको बिकास गर्न गरिएका प्रयास लगायतका बिषयबस्तु उल्लेख छन् ।
अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गर्नु भएका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ । वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजना मार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालय भित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुनहुन्छ । जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा पुनले नयाँ–नयाँ अनुसन्धानको काम गरिरहनु भएको छ ।

केन्द्रबाट उहाँले नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरण समेत मिलाउँदै आउनु भएको छ । ‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान प्राप्त पुनलाई नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ ‘डाक्टर’ समेत दिएको छ । पुस्तक विक्रीगर्दै राजापुर आईपुग्नु भएका पुनको १ सय ५ थान पुस्तक राजापुर नगरपालिकाले अभियानमा सघाउन खरिद गरेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन