
वडा स्तरीय बाल अधिकार संरक्षण समितिसंग आपतकालीन अवस्थामा बाल संरक्षण शिक्षा, प्रजनन् स्वास्थ्य अधिकार, यौनिक तथा लैंगिक हिंसाका मामिला व्यवस्थापन सम्बन्धी अभिमूखिकरण गरिएको छ । अभिमुखिकरणमा बारबर्दिया नगरपालिका वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारी, सदस्य तथा सरोकारवालाहरुको काम, कर्तब्य र अधिकार, बालबालिका दुरब्यबहारको जोखिममा पर्न सक्ने वा परेकाहरुलाई बाल अधिकार समितिले गर्नु पर्ने सिफारिशको बारेमा जानकारी गराईएको हो ।
बारबर्दिया नगरपालिका महिला बालबालिका शाखा प्रमुख उशा पुनले सहभागिहरुलाई अभिमूखिकरण गर्दै जोखिममा परेका बालबालिकाहरुको उद्धार, सिफारिश बाल अधिकार समितिले गर्ने बताउनु भएको छ । बालबालिकाहरुलाई दुरब्यबहारको रोकथाम र सचेतनाका कार्यक्रमहरु गर्नु पर्ने बताउनु भएको छ ।
बाल अधिकार समितिले समस्या समाधान हुने खालका कार्यक्रमहरु संचालन गर्नु पर्ने, सेवा मुलक कामहरु गर्नु पर्ने बताउनु भएको छ । बालबालिकाहरु दुरब्यबहारमा बिभिन्न किसिमबाट पर्न सक्ने भएकाले यहाँहरुको संरक्षणका लागि योजनाबद्ध तरिकाबाट कार्यक्रमहरु बस्ती स्तरमा संचालन गर्न सकिने बताउनु भएको छ । जोखिममा रहेका बालबालिकाहरुको तथ्याँक संकलनका लागि वडा स्तरबाट नै पहल लिनु पर्ने बताउनु भएको छ ।
बारबर्दिया नगरपालिकाको वडा नम्बर २, ५ र ७ लाई चालु अर्थिक बर्षमा नै बाल विवाह मुक्त वडा घोषणा गर्ने योजना रहेकोले बाल विवाह अन्त्यका लागि सबै सरोकारवालाहरु सक्रिय भएर अभियान संचालन गर्नु पर्ने बिषयमा छलफल गरिएको छ । बाल बालिका कुलत तथा दुरब्यसनी, परिरहेकोले यसको नियन्त्रण लागि पनि सबै जना सचेतना फैलाउनु पर्ने सहभागिहरुको भनाई रहेको थियो ।
प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित बालिका सशक्त परियोजना अन्तरगत भएको अन्तरक्रिया कार्यक्रममा बारबर्दिया वडा नम्बर ५ का बाल अधिकार समितिका पदाधिकारी, बरघर, प्रहरी, विद्यार्थी बालबालिका, किशोरी समुह, बाल क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमलाई समापन गर्दै वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरीले बाल संरक्षण अभियानमा सबै पक्ष र सरोकारवाला निकाय एकजुट भएर काम गर्नु पर्ने बताउनु भएको छ । साथै सबैसंग सहयोगको अपेक्षा पनि गर्नु भएको छ ।























