
टीकापुर, कैलाली / टीकापुर नगरपालिकामा रहेको किवानिज क्लबले बादि समुदायका विपन्न विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ८ स्थित राष्ट्रिय आधारभूत विद्यालयकाे सामाजिक परिक्षण तथा अभिभावक भेलाको अवसरमा विद्यार्थीलाई साे शैक्षिक सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा १९ जना विद्यार्थीलाई झाेला, कापीकलम ,पेन्सिल, स्वेटर प्रदान गरिएको किवानिज क्लब टीकापुरका अध्यक्ष भिम वि.क. ले जानकारी दिए । विद्यालयकाे शिक्षक अभिभावक संघका अध्यक्ष बृजराम चाैधरिकाे अध्यक्षतामा भएको सामाजिक परिक्षणकार्यक्रमका प्रमुख अतिथि टिकापुर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव दमनसिंह चाैधरि रहेका थिए ।
“शैक्षिक सामाग्री सहयोगले अति विपन्न बालबालिकाको शिक्षामा टेवा पुग्ने उनलेे बताए” । कार्यक्रमकाे विशिष्ट अतिथि टिकापुर नगर शिक्षा समिति सदस्य मञ्जु वि. क. ले आर्थिक अभावले पढाइमा समस्यामा परेका विद्यार्थीलाई यस प्रकारको सहयोग प्रभावकारी हुने बताइन्।विपन्न अवस्थामा रहेका बादि समुदायका साे विद्यालयमा अध्ययनरत बालबालिकालाई पढाइमा सहयोग पुगाेस् भनेर सहयोग गरिएको किवानिज क्लब टिकापुरका अध्यक्ष भिम विकले बताए । साेहि अवसरमा विद्यालयलाइ खेलकुद सामाग्री पनि हस्तान्तरण गरिएको थियोे ।शैक्षिक सामाग्री वितरण कार्यक्रम किवानिज चिल्ड्रेन फण्ड र गगन फाउन्डेसनले सहयोग गरेको क्लबका अध्यक्ष विकले जानकारी दिए ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर ठकुल्ला, विद्यालयका पुर्व अध्यक्ष शेरबहादुर साउँद, जितराम चाैधरि,भाैना चाैधरि, किवानिज क्लब टिकापुरका अध्यक्ष भिम विकले मन्तव्य राखेका थिए । ६६ लाख, ६१ हजार २८९ रुपैयाँ ३३ पैसाको विद्यालयकाे वार्षिक आय व्यय लेखापाल रामकृष्ण भट्टराईले प्रस्तुत गरेका थिए भने संचालन शिक्षक सरला ठकुराठिले गरेकि थिईन् ।कार्यक्रममा विद्यालय स्थानीय सामाजिक अगुवा ,अभिभावक , किवानिज क्लबका पदाधिकारी तथा विद्यार्थीहरु सहभागी थिए ।























