राजापुर नगरपालिका वडा नं ८ले ऐतिहासिक, सामाजिक र सास्कृतिक दृष्टीले महत्वपुर्ण कदम चाल्दै टोल टोलमा टोलको नाम झल्किने गरी बोर्ड जडान कार्य सुरु गरिएको छ । यस अभियान अन्र्तगत वडाभित्र रहेका प्रमुख टोलहरु ओस्टारपुर, कोइली, बन्जारीटारा, भोगपुर, सरुवा, पुरैना, फत्तेपुर, बैठकपुर, छोट्की भिम्मापुर, धोबिनपुरमा आर्कर्षक र स्थायी बोर्ड जडान गरिएको छ, जसले स्थानिय पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
बोर्ड जडानका क्रममा स्थानियवासीहरुपनि अत्यन्त उत्साहित देखिएका छन । स्थानिय अगुवा एंव ज्येष्ठ नागरिकहरु संगको छलफल पश्चात वडा कार्यालयमा टोल बरघर सित कसरी नामलाई अन्तिम रुप दिइयो भन्ने बारे अनुसन्धानकर्ता सोम डेमनडोराले जानकारी दिनु भयो ।
कतिपय गाँउ टोलका नाम अपभं्रस हुदै बिग्रिएर अन्यथा हुदै गएकोमा गाँउका ज्येष्ठ नागरिक तथा जानकारहरुले चिन्ता व्यक्त गरेपछि यसलाई सुधार्नका लागी छलफल गरी कार्य अघि बढाइएको वडाध्यक्षले राजकिरण थारुले बताउनु भयो ।
राजापुर नगरपालिका वडा न ८ले १० वटा टोलमा बोर्ड लगाउनका लागी आ.व.२०८१/०८२को बजेट बाट रु डेढलाख बिनियोजन गरेको थियो ।






















