
राजापुर/ नेपाल विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रले बुस कटिङ्ग कार्यका लागि भोलि शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका विभिन्न स्थानहरूमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । वितरण केन्द्र प्रमुख अनिल चौधरीका अनुसार, ११र०।४ के।भी। वितरण लाइनहरू सफा गर्ने तथा पटक–पटक लाइन ट्रिप हुने समस्याको दीर्घकालीन समाधानका लागि यो कार्य गरिने भएको हो । सो अवधिमा राजापुर सबस्टेशनबाट सञ्चालन हुने फिडरहरू बन्द गरिने भएकाले प्रयोगकर्ताहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । विद्युत् सेवा अवरुद्ध रहने स्थानहरूमा राजापुर नगरपालिका वडा नं ३ का मुरैया, टेडिया,तिध्रा, सिन्दुरा,वडा नं ४ का राजापुर, धुम्ना, राजापुर बजार वडा नं ५का झप्टी ,भौरा जयपुर, बदालपुर,पहाडिपुर वडा नं ६का टपरा, जमुना बोझी,जोगीपुर र गेरुवा गाउँपालिका वडा नं १, २, ३, ५, ६ का विभिन्न स्थानहरु रहेका छन् । प्राधिकरणले अनिवार्य अवस्थामा बैकल्पिक ऊर्जा स्रोत प्रयोग गर्न सुझाव दिएको छ भने कार्य समय भन्दा अगावै विद्युत् सेवा पुनः सुचारु गरिने सम्भावना रहेको पनि सूचना मार्फत जनाएको जनाएको छ ।






















