विज्ञापन

वडा न. २ द्धारा शिक्षकलाई सम्मान

Image

राजापुर /राजापुर नगरपालिका वडा न. २ भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई सम्मान गरिएको छ ।

नेपाल राष्ट्रिय मा.वि.का प्रांगणमा गरिएको कार्यक्रममा ४३ जना शिक्षकलाई सम्मान स्वरुप पोशाक वितरण गरिएको थियो । सम्मान पाउने हरुमा २६ जना शिक्षक र शिक्षिका हरु छन ।
सो अवसरमा आउदो आ.व. का लागी योजना तथा कार्यक्रम माग गरिएको थियो भने विद्यालय सुधारका लागी आएका सुझावलाई ग्रहण गरिएको थियो ।


“मैले पढाउने विद्यालयमा खेल्ने मैदानको अभाव छ ।” नव ज्योति प्रा.वि.का प्र.अ. राम बहादुरले भन्नु भयो, “अलिकति अरु ठाउ भएमा हामीलाई पठन पाठन गराउन सहज हुन्थ्यो ।”
“पछिल्लो समयमा शिक्षकहरुलाई हेपेर व्यवार गर्ने गरिएका घटना सुन्नमा आइरहेको छ । ” नेपाल राष्ट्रिय मा.वि का प्र.अ. मोहन सिग्देलले थप्नु भयो, “त्यस्तो अवस्था आउनमा हामी आफै जिम्मेवार त होइनौ भनेर सोच्नु पर्ने बेला आएको छ । ”

वडा न. २ का पाच वटै सामुदायिक विद्यालयको प्र.अ. बाट आएका बिबिध सुझावलाई सम्बोधन गर्दे ने.रा.मा.वि.विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य अरुन चन्दले,“सामुदायिक विद्यालयहरुमा समस्याहरु भएता पनि यसलाई कम गर्दै लगिने बताउनु भयो, सिमित स्रोत र साधनका बाबजुद काम भइरहेको छ ।”वहाले थप्नु भयो, “आगामी दिनमा बजेट बिनियोजन गर्दा शिक्षालाई प्राथमिकतामा राख्ने छौ ।”


वडा न.२ का वडा सदस्य रामकुमार चौधरीले सामुदायिक विद्यालयहरुमा पछिल्लो समय आर्कषण कम हुदै गएको अवस्था आएको बताउनु भयो । “सामुदायिक विद्यालयलाई फेरी सबैको प्रिय बनाउनु पर्नेछ । ” वहाले जोड दिदै भन्नु भयो, “अब पनि सरोकार वालाहरुले मेहनत नगरे राम्रो परिणाम आउदैन । ”


विद्यालयलाई राम्रो बनाउनका लागी शिक्षक लार्य खुशी बनाउनु पर्ने आवश्यक्ता महशुश भएकाले आफ्नो वडाले पहिलो पल्ट शिक्षकहरुलाई प्रोत्साहन एंव सम्मान गर्ने उद्देश्यका साथ कार्यक्रम राखेको वडा न. २ का अध्यक्ष रामचन्द्र चौधरीले बताउनु भयो,“विगतमा विद्यार्थीलाइ पोशाक दिन्थ्यौ, यसपटक शिक्षकलाई । अब कसो राम्रो नतिजा नआउला ?”

राजापुर नगरपालिका वडा न. २ ले सामुदायिक विद्यालयका शिक्षकलाई प्रोत्साहन गर्ने भनेर बजेट मार्फत १ लाख बिनियोजन गरेको वडा सचिव अञ्जु चौधरीले जानकारी गराउनु भयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन