विज्ञापन

नदिकिनार सरसफाई गरी विश्वपानी दिवस मनाइयो

Image

राजापुर/  प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्वपानी दिवस शनिवार विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइयो । गेरुवा गाँउपालिकाको सनकट्टी घाट देखी लोहारपुर र राजापुर नगरपालिकाको तिघ्रा देखी सत्ति कर्णाली पुलसम्म नकुहिने फोहर संकलन गरिएको थियो ।सो अवसरमा राजापुर नगरपालिका वडा न. १ र ३ का वडाध्यक्षहरु, गेरुवा गाँउपालिका वडा न. २का वडाध्यक्ष, ईलाका प्रहरी कार्यालय राजापुर का प्रमुख, सशस्त्र प्रहरी बल राजापुर आउटपोष्टका प्रमुख एवं स्टाफ, वन कार्यालयका कर्मचारी एवम् स्थानियको सहभागिता थियो ।


सन १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित सयुक्त राष्ट्रको विश्वव्यापी पहल भएकाले राजापुर नगरपालिका एवम् गेरुवा गाँपाको आयोजना र विभिन्न दातृ निकायको सहयोगमा ३ किमी नदि किनार सरसफाई गरेको सोनाहा विकास समाजका प्रोग्राम कोर्डिनेटर रत्न केसीले बताउनु भयो ।

अन्तराष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार प्रत्येक वर्ष एक जनाका लागि नौ हजार घनमिटर पानीको आवश्यक्ता पर्दछ । नेपालको हकमा प्रतिव्यक्त कुल जलश्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर पर्न आउछ । संसारमा उपलब्ध पानीमध्ये २.५ प्रतिशत मात्र पिउनयोग्य छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन