विज्ञापन

परिक्षा मर्यादित एंव अनुशासित बनाउन शिक्षा शाखाको नेतृत्वमा अनुगमन

Image

राजापुर / राजापुर नगरपालिका शिक्षा शाखाले कक्षा ८को परिक्षाको अनुगमनको थालनी गरेको छ । शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीको नेतृत्वमा प्रत्येक दिन अनुगमन भई रहेको छ ।

शिक्षण सिकाईको महत्वपुर्ण अङ्ग भनेको परिक्षा हो । परिक्षा मर्यादित एंव अनुशासित ढंगले भए नभएको जाँच गर्न अनुगमन गएको राजापुर नगरपालिका शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले बताए । ‘हामी योजना बनाएर सबै केन्द्रमा पालैपालो गई रहेका छौ । आज सम्म शान्त वातावरणमा नै परिक्षा भएको पाएका छौ ।’ उनले थपे, ‘शिक्षक विद्यार्थी लगायत सरोकारवालाहरुले आ आफ्नो भुमिका निभाएकाले यो सम्भव भएको हो ।’

यद्यपी केही विद्यालयका कक्षा कोठाका भित्ताहरु फोहर हुने गरी लेखिएको पाइएकोमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई रगंरोगन गर्न निर्देशन दिएको प्रमुख चौधरीले बताउए । ‘कक्षा कोठाका भित्तामा पाठ्यपुस्तकका बिषयवस्तु हुबहु लेखेको पाइयो । हेर्दा पनि नराम्रो देखिने, सदेंश पनि नराम्रो जाने भएकाले यसलाई रगंरोगन गरी मेटाउन प्र.अ. लाई निर्देशन गरेका छु । हेरौ कति छिटो काम हुन्छ ?’

राजापुर नगरपालिकामा हाल छ वटा परिक्षा केन्द्रमा परिक्षा दिनका लागी एक हजार बाउन्न जनाले कक्षा ८को  फारम भरेको शिक्षा शाखा प्रा.स. राजकुमार खड्काले जानकारी दिनुभयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन