राजापुर/ राजापुर नगरपालिका वडा न. ८ धोबिनीपुरमा रहेको शुशेली बहुमुखी सहकारी सस्थाले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
टिकाराम रेग्मीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख मनकला चौधरी हुनुहुन्थ्यो भन विशिष्ट अतिथिहरुमा वडा न. ६का अध्यक्ष असराज न्योपाने र वडा न. ८का निवर्तमान अध्यक्ष चिन्तामणी आचाय हुनुहुन्थ्यो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै उपप्मुख मनकला चौधरीले सहकारीले राजापुरका सहकारी संगनै मर्जर गरी अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोलदै बिशिष्ट अतिथि असराज न्योपानेले राजापुर नगरपालिकामा कक्षा १२ सम्म शिक्षा निशुल्ल भएपनि आम अभिभावक लाइ अरु विविध खर्चका लागी ऋण सापट गर्न सहकारीले सहयोग गरेको बताउनु भयो ।
लेखा सयोंजक शैलेन्द् मजगैयाले आर्थिक प्रतिवेदनका साथै आगामी दिनका कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो ।
पहिलो सत्रको समापन पश्चात दोस्रो सत्रले टिकाराम रेग्मीलाइ अध्यक्षमा,कृष्णचन्द्र चौलागाईलाइ उपाध्यक्षमा, पदमऋषि चौलागाइलाइ सचिवमा, सृजना अधिकारीलाइ कोषध्यक्षमा चयन गरेको छ ।























