विज्ञापन

दलित महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन दलित महिला संघ अघि बढ्दै

Image

बर्दिया, माघ ०८ गते / बर्दियामा विगत केही बर्ष देखि दलित महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन दलित महिला संघ अघि बढिरहेको कुरा दलित महिला संघ बर्दियाको अध्यक्ष हिमा सुनारले बताउनुभयो ।
उक्त कुरा उहाँले संचार माध्यमा दलित महिलाको पहुँच अभिबृद्विका लागि संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बताउनु भएको हो ।

हामी सबैको प्रतिबद्वता, लैङ्गिक हिंसा अन्त्यका लागि एक्यवद्वता भन्ने मुल नारा रहेको कार्यक्रममा अध्यक्ष सुनारले हिंसामा परेका दलित महिलाहरुलाई हिंसाबाट बाहिर निकाल्न आर्थिक हिसाबमा सशक्त बनाउने उद्वेश्यका साथ संस्थाले दलित महिलाहरुलाई विउ पुँजी र घुम्ती कोषमा अनुदान रकमहरू दिएर आय(आर्जन तर्फ उन्मुख गराई रहेको जानकारी गराउनुभयो ।

उहाँ भन्नुहुन्छ, महिला हिंसा सम्बन्धि देशैभरिको तथ्यांक हेर्दा ८२.२३ प्रतिशत दलित महिलाहरु घरेलु हिंसा प्रभावित छन् ।जिल्लामा दलित महिला संघले दिएको विउ पुँजी र घुम्ती कोषको अनुदानबाट दलित महिलाहरूले कसैले व्यवसाय गरिरहनु भएको छ भने कसैले आफ्नै पेशाका आधारमा सिपलाई अघि बढाइरहनु भएको छ । यसले उहाँहरूलाई घरेलु हिंसा देखि माथि ल्याउने छ ।

हिमा सुनार/

उहाँका अनुसार यस संस्था जिल्लामा विगत १८ वर्षदेखि महिला अधिकार, जातीय विभेद र मानव अधिकारका सवालमा क्रियाशील छ । हाल संस्थाले जिल्लामा नीतिगत तहको बहसहरूलाई अघि बढाएको छ। स्थानीय पालिकामा दलित सशक्तीकरण विधेयक ल्याउन आग्रह गरिरहेको छ । जस अन्तरगत मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा दलित सशक्तीकरण विधेयक पास भइसकेको छ।
कार्यक्रममा उपस्थित संचारकर्मीहरूले हिंसामा परेका दलित महिलाहरूलाई बाहिर निकाल्न आर्थिक सशक्तिकरण मुख्य रहेको धारणा व्यक्त गर्दै घरेलु हिंसा, जातीय विभेद लगायतका सामाजिक बिकृती बिरूद्व कलम चलाउन पछि नहट्ने बताउनुभयो ।

जिल्लाका विभिन्न संचार माध्यममा आवद्व संचारकर्मीहरूको सहभागिता रहेको कार्यक्रम दलित महिला संघ बर्दियाको आयोजना र फाउन्डेसन फर अ जस्ट सोसाईटीको सहयोगमा भएको थियो । यस प्रकारका कार्यक्रमले दलित महिलाहरूको समस्यालाई सम्बोधन गर्न मद्दत गर्ने विश्वास लिएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन