विष्णु अधिकारी, ३ कार्तिक, बर्दिया । बर्दियाका फूल किसानहरुले प्लाष्टिकजन्य फुलको आयात रोक्न स्थानिय प्रशासन समक्ष अनुरोध गरेका छन् । जिल्लामा फूल खेतीको परिमाण बढेपनि आयातित प्लाष्टिकजन्य फूलहरुका कारण बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् ।
विगत ३ बर्षदेखि बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ स्थित खैरीमा फूल खेतीगर्दै आएकी पार्वती चौधरीले भारतबाट आयात हुने प्लाष्टिकजन्य फूलहरुको आयात रोकिदिन स्थानिय प्रशासनलाई चुरेकुञ्ज मार्फत आग्रह गर्नुभएको छ । उहाँले चाडपर्व लक्षित फूल खेती शुरु गर्नु भएको छ ।
प्लाष्टिकको फूलहरुले मानव स्वास्थ्य तथा सरसफाईमा असर गर्ने भएकाले प्राकृतिक दृष्टिले पनि प्लाष्टिकजन्य फूल उपयोगी नहुने उहाँको भनाई छ । स्थानिय पालिकामा समस्या पोखिसकेकोले अब प्रशासनबाट समस्याको समाधान गरिदिन उहाँको माग छ । churekunj























