जिवन सुवेदी, माघ २ / पत्रकारहरुले बेला बेलामा आफनो कलमका माध्यमले निम्न आय भएका गरीब दिन दुखीहरुका लागी समाचार लेखेर सहयोग गरेको त धेरै देख्न र सुन्न पाइन्छ ।
तर बर्दियामा पत्रकारको समाचारले रकम सकंलन गरेर सहयोग मात्र जुटाएनन आफैले औषधोपचारका लागी भारत लगेर उपचार गराइ रहेको फरक समाचार कर्मी कृष्ण भुषलले बताउनु भयो ।
उमेरले मात्र २६ वर्ष भएका राम प्रसाद गोडियाका ३ वटा सन्तान छन । सामान्य लेखपढ सम्म गर्न नजान्ने गोडिया दम्पत्ती इट्टा भटामा काम गरेर जिविकोपार्जन गर्ने गर्दथे । दिनहरु सुख दुख राम्रो नै बिति रहेको थियो, यही पौष महिनामा उनको ३ वर्षिय छोरालाइ फोक्सोमा समस्या देखियो । दिनभरी मेहनत मजदुरी गर्ने र त्यसबाट आएको ज्यालाले साझ उनको घरमा चुलो बल्ने गर्दथ्यो । बच्चालाइ उपचार गर्न धौ धौ भएको खबर प्राप्त भएपछि फरक समाचारले अभियान चलाएर सहयोग सकंलन गरी भारत उपचारका लागी पठाएको नेपाल पत्रकार महासघं का अध्यक्ष निर्मल घिमिरे ले भौराटप्पालाइ जानकारी गराउनु भयो ।
राम प्रसाद गोडियाको जमिनको नाममा एक टुक्रा पनि छैन । जुन इट्टा भट्टामा काम गर्छन त्यही झुपडी बनाएर बस्ने गर्दछन ।भारतमा उपचार गराउदा हालसम्म सहयोग स्वरुप सकंलन भएको रकमले अपुग हुने देखिएपछि मनका धनीहरुलाइ सहयोग गर्न पत्रकार महासंघ बर्दियाका अध्यक्षले सम्पुर्णमा अपिल गर्नु भएको छ ।























