बर्दिया, पौष २१ / ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले इन्द्र कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको छ ।

“देशै भरीका एल.पि ग्यास व्यवसायीहरुको सामुहिक ऐक्यवद्धता आत्मनिर्भर व्यवस्थित कारोवार हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ सम्पन्न भएको अधिवेशनलाइ ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालले उद्धघाटन गर्नु भएको थियो ।
व्यापारी वर्गले राज्यलाइ कर तिरेपनि व्यपार गर्न सहज वातावरण नभएको र नेतृत्वले राम्रो सगं काम गर्न नसकेकाले यस्तो भएको ठाकुरबाबाका नगरप्रमुखले बताउनु भयो ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका ग्यास व्यवसायी हरुको उपस्थिती रहेको अधिवेशनले १६ जनाको कायै समिति चयन गरेको छ । बर्दियाका इन्द्र कुमार श्रेष्ठलाइ अध्यक्षमा, परासीका हरी उपाध्यायलाइ वरिष्ठ उपाध्यक्षमा, पाल्पाका मञ्जु रेग्मी र दांगका शेर बहादुर के.सी. लाइ उपाध्यक्षमा, रुपन्देहीका शालिकराम के.सी.लाइ महासचिवमा र कपिलवस्तुका बाबुराम पाण्डेलाइ सचिवमा चयन गरेको छ ।























