
शोभा कोइराला
पुष–१०,राजापुर ।
समृद्ध बर्दियाको प्रमुख आधार ः कृषी, पर्यटन, ब्यापार, सँस्कृती र पूर्वाधार भन्ने मुल नाराका साथ यहि पौष २७ गते देखि माघ ९ गते सम्म राजापुरमा आयोजना गरिन लागेको बर्दिया राजापुर महोत्सवको तयारी तिव्र पारिएको छ ।
आयोजक बर्दिया उद्योग बाणिज्य संघले सचिवालय खोल्नुका साथै स्टल बुकिङ खुल्ला गरिसकेको जनाएको छ ।
औद्योगिक तथा पर्यटकिय क्षेत्रको विकास तथा प्रर्वधन गर्दै आर्थिक वृद्धि तथा विकास गरी स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढ गर्ने उदेश्यका साथ आयोजना गरिन लागेको महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकार आउने महोत्सव आयोजक समितीका संयोजक केदार थापाले रेडियो राजापुरलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस बर्ष नेपालका १० जना बढी चर्चित राष्ट्रीय १० जना बढी जिल्ला स्तर र यो क्षेत्र थारु बाहुल क्षेत्र भएकाले १० जना बढी थारु कलाकार ल्याउदै छौं । अर्को तर्फ सँस्कृती प्रर्बद्धनकालागी ११ दिन सम्म बिभिन्न झाँकीका साथै ११ समुहका बिभिन्न समुदायका भैषभुषा झल्कीने थारु, तमु, गुरुङ, नेवार, देउडा, भजन जस्ता, नृत्य प्रतियोगिता गर्नुकासाथै उत्कृष्ट टिमलाई सम्मान जनक पुरुस्कारको व्यवस्था गरेका छौं ।”
महोत्सव स्थलमा रमाइलोमेला, बिभिन्न व्यवशायीक स्टल, स्थानिय उत्पादनका स्टल, कृषि उत्पादनका साथै स्थानिय थारु परिकार, थारुगाँउ राखिने बिभिन्न व्यवस्थापन प्रमुख एवं व्यवशायी सूर्य केशीले बताउनुभयो ।
बिगतका बर्षहरुलाई स्मरण गर्दै यस बर्षको महोत्सव मर्यादित रुपमा संचालन गर्ने व्यवस्थापन पक्षको दावी छ ।






















