राजापुर/ घरेलु तथा साना उद्योग कार्यालय गुलरियाले राजापुरमा उत्पादित बस्तुको गुणस्तर लेबलिगं सम्बन्धित कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रममा उद्योगमा उत्पादन गरिने सामाग्री को प्याकेजिगं र लेबलिगं गर्ने तरिका, उद्योग बाट उत्पादित बस्तुमा उत्पादन मिति, त्यसमा मिसाइएका पदार्थहरु, कम्पनिको नाम , लेबलिगं सम्बन्धि कानुनी व्यवस्था, सरकारले निदिष्ट गरेको नियमहरु, गुणस्तर मापन लगायतका बिषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज का खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय गुलरियाका प्रमुख इन्द्रराज खत्रीले ब्रान्डेड बस्तुहरुमा उत्पादन लेबलिगं हुनेगरेकोमा त्यस्ता समान किन्दा एक्सपाइरी चेक गरेर मात्र किन्ने बानीको बिकास गर्नुपर्ने बताउनु भयो ।
रिभरसाइड होटलमा भएको कार्यक्रमको उद्धघाटन राजापुर नगरपालिकाको उपप्रमुख मनकलाकुमारी चौधरीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय गुलरियाका लेखाप्रमुख जगतराम चौधरीले गर्नु भएको थियो ।
उपभोक्ताहरुलाइ जागरुक बनाउने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय गुलरियाले पहिलो चरणमा गुलरिया, बासगडी, बारबर्दिया नगरपालिका र बढैयाताल गाउपालिकाका व्यापारी एंव उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलाइ अभिमुखीकरण गरिसकेको थियो भने दोस्रो चरणमा राजापुर, ठाकुरबाबा, मधुवन नगरपालिका र गेरुवा गाउपालिकाका व्यापारीहरलाइ राजापुर रिभरसाइडमा अभिमुखीकरण गरेको हो ।























