राजापुर/ उत्कृष्ट महिला बचत तथा ऋण सहकारी सस्था लि.की व्यवस्थापक मिना चौधरीले सञ्चालन गरेको कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरी प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथीको आसनबाट बोल्दै मनकला चौधरी उत्कृष्ट महिला बचत तथा ऋण सहकारी सस्था लि.ले हाल सम्म उत्कृष्ट काम गर्दै आएकोमा आज उत्कृष्ट टिम छनौट गर्नु पर्ने बताउनु भयो ।
सस्थाकि व्यवस्थापक मिना चौधरीले गत आ.व.मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिका बारेमा जानकारी गराउनु भएको थियो ।
बिभिन्न व्यक्ति विषेशलाइ सम्मान गरिएको कार्यक्रममा नगर सहकारी सञ्जाल कि अध्यक्ष सिता अर्याल र शुसेली सहकारीका अध्यक्ष टिकाराम रेग्मीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
२०७२ साल असार २९ गते डिभिजन सहकारी कार्यालय गुलरिया र सोही वर्ष भदौ २५ गते राजसव कार्यालय मा विधिवत रपमा दर्ता भइ हालसम्म सञ्चालनमा रहेको सस्थाकि अध्यक्ष धनलक्ष्मी खत्रलिे बताउनु भयो ।
साधारण सभाको दोस्रो सत्र बाट पुनः धनलक्ष्मी खत्रीको नेतृत्वमा समिति चयन भएको छ । जसमा उपाध्यक्षमा नोस्मा चौधरी, सचिवमा रिता आचार्य, सहसचिवमा माया दहित, कोषाध्यक्षमा आशा खड्का लगायतको टिम आगामी कार्यकालका लागी चुनिएको छ ।























