बर्दियाको राजापुर नगरपालिकाका बासिन्दाहरुकालागी, मौसम, बाढी तापक्रम, जन्य सूचना दिने मोवाइल एप्स बनाइने भएको हो । युएस्एड जल जंगल कार्यक्रम अन्र्तगत द स्माल अर्थ नेपाल सँस्थाले आज सरोकारवालाहरु सँग गरेको छलफल गोष्ठीमा सोवारे जानकारी गराइएको छ । मौसम पुर्वानुमान प्रणाली र त्यसको पहुँच स्थानीय समुदायमा अँझ प्रभावकारी बनाउने उदेश्यले छलफल गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा मौसम, जलवायू र कृषी मौसम बिज्ञान सम्वन्धी सहभागीहरुको बुझाइ,कृषीमा मौसम तथ्यांक र पूर्वानुमानमा बर्तमान अवस्था,सुचना प्रबिधिको बुझाइ र प्रयोगबारे सहभागीहरुको राय संकलन गरिएको छ । कार्यक्रमको उदेश्यबारे प्रकास पार्दै सँस्थाका कार्यक्रम संयोजक निरन्जन बिष्टले मौसमको सुचनाको प्रभावकारीता, मौसमी सुचनाको महत्व बारे बताउनुभयो ।कार्यक्रममा जल जंगल परियोजनाकी बरिष्ठ अधिकारी अस्मीता ओझाले जल जंगल परियोजना मार्फत बन बन्यजन्तु र जैविक बिविधतामा सुद्धता, बातावरणीय अपराधको रोकथाम तथा नियन्त्रण र प्राकृतीक श्रोतको संरक्षण आशातित परिणामहरु , जलवायु उत्थानशिल मुख्य उदेश्य रहेको जानकारी गराउनुभयो । कार्यक्रममा स्माल अर्थ नेपालको परिचय, उदेश्यबारे सँस्थाका टिम लिडर डाक्टर धिरज प्रधानाङ्गले सहजीकरण गर्नुभयो । कृषी र जनजीविकाको सवालमा हावाहुरी, बाढी, जंगली आगलागी, चट्याङ्ग,तापक्रमले के कस्तो र कुनसमयमा असरपारेको छ सोवारे सहभागीहरु माझ सामुहिक कार्यगराई प्रस्तुत गरिएको छ । रिर्सच असिस्टेन्ट त्रि बिक्रम बस्नेतले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथीमा राजापुर नगरपालीका वडा नं ४ का अध्यक्ष बिदुर पोख्रेल रहनुभएको थियो
विज्ञापन

मौसम, बाढी, तापक्रम जन्य सूचना दिने मोवाइल एप्स बनाइने

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन












