सिकलसेल रगत सगं सम्बन्धी रोग हो । अपवाद बाहेक थारु समुदायमा मात्र देखीएको यस रोगकोबारेमा भएको भ्रम चिर्न र समुदायलाइ सचेत बनाउन राजापुर नगरपालिकामा वडा न. २ मा रहेको युनिक नेपालमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरीएको छ ।
हाम्रो शरीरमा भएको रगतका कोषिकाहरु हसिया जस्तो बन्न गइ रक्तप्रवाहमा अवरोध आउनु लाइ सिकलसेल भनिन्छ । सिकलसेलका बिरामीमा लक्षण फरक फरक हुुने गर्दछ र यसले शरीरका हरेक अगंमा क्षति पुर्याउने गर्दछ ।
चिकित्सकको सम्पर्कमा जतीसक्दो पुुग्ने र चिकित्सकको सल्लाह अनुसार औषधी खाए बाकी जिवन सहजै बिताउन सकिन्छ । सिकलसेल भएको थाहा पाए पछि बिरामीले पोषिलो खानेकुरा खाने र जिवन शैली लाइ सुधारे लामो आयु बाच्न सकिने पुर्व भुमिसुधार मन्त्र िडा. गोपाल दहितले बताउनुु भयो ।
युनिक नेपालको केन्द्रिय कार्यालयमा भएको जनचेतनामुलक कार्यक्रमको सभापतित्व युनिक नेपालका अध्यक्ष प्रिमलाल थारुले गर्नु भएको थियो भने सिकलसेल एनिमिया समाजका अध्यक्ष प्रभुथारुले सहजीकरण गनु भएको थियो ।
कार्यक्रममा राजापुर एवं गेरुवाका स्थानियहरु, गाउ बरघरहरु, विधार्थी लगायतको उपस्थिती थियो ।
सहभागी बिधार्थीहरुले बिगतमा आफुहरुलाइ सिकलसेलको सतही ज्ञान मात्र थियो भने यो कार्यक्रमबाट धेरै नया र तथ्यमा आधारित कुराहरु सिक्न पाएको बताए ।
हाल नेपाल सरकारले सिकलसेलका बिरामीहरलाइ एकलाख बराबरको सहयोग उपलब्ध गराउदै आएको छ । राजापुर नगरपालिकाले पहिचानमा आएका बिरामीहरुको स्वास्थ्य बिमा गर्ने गरेको छ ।
यो रोगलाइ समुदायमा फैलिन नदिन धेरै भन्दा धेरै जेनचेतना फैलाउन पर्ने र भएका बिरामीहरुलाइ सहज र सित्तैमा उपचार गर्नु पर्ने हुन्छ ।






















