राजापुर नगरपालिकामा द्धन्द पिडित वेपत्ता एवम् शहिद परिवारलाइ पालिकाले १ लाख बराबरको आय आर्जन गर्नका लागी पशुधन वा सामाग्री मध्ये एक दिएर सर्पोट गरेको छ ।
राजापुर नगरपालिकामा द्धन्दकालिन समयमा बेपत्ता पारिएका एवं शहिद भएकाको सख्या १०९ छ । ति १०९ले द्धन्दकालमा राज्यपक्ष वा तात्कालिन विद्रोही पक्ष बाट परिवारका सदस्य गुुमाएका थिए । उनिहरुको परिवारलाइ आयआर्जन गरी स्वावलम्बन बनाउनका लागी राजापुर नगरपालिकाले ३ वर्षे योजना अघि सारेको छ । प्रति परिवार एक लाख रुपैया बराबरको आफुलाइ जिविकोपार्जनका लागी चाहिएको सर्पोट दिने व्यवस्था गरेको छ । १०९ जना लाइ एकै वर्ष सहायता दिन सम्भव नभएकाले ३ वषमा दिन लागीएको हो । गतवर्ष बाट सुरु भएको योजनामा गत वर्ष नै ३५ जनाले आफुलाइ चाहिएको १ लाख बराबरको समान, पशुधन लिइ सकेका छन । यस वर्ष पनि ३५ जनालाइ ३५ लाखको बजेट विनियोजन गरिएकोमा १५ जनाले भैसी, १० जनाले ५ वटाको दरले बाख्रा र खोर, ७ जनाले ५ वटाको दरले सुगुुंर र खोर, २ जनालाइ टेलरिगंको सामाग्ी र एकजनाले किराना पसलको सामाग्री माग गरे अनुसार वितरण गरीएको छ ।
राजापुर नगरपालिका वडा न. ५ कि बान्धी चौधरीका श्रीमान लाइ तात्कालिन साइ सेनाले सोधपुछका लागी भनेर घरबाट लगेको र हाल सम्म उनि बेपत्ता छन । श्रीमान बेपत्ता भएको कठिन परस्थितीमा आय आर्जन गर्न सहज होस भन्ने उदेश्यले पालिकाले उनलाइ भैसीपालनका लागी भैसी दिएको छ र पालिकाले बाट यसरी भैसी पाउदा उनि साह्रै खुसी छिन ।
राजापुर नगरपालिकामा भएका १०९ जना मध्ये ७० जनाले हालसम्म सहयोग पाइसकेको र बचेका ३९ जनाले आउदो वर्ष पाउने छन । द्धन्दकालमा आफन्त गुमाएका लाइ सरकारले उनको आफन्त फेरी ल्याएर त दिन सक्देन तर उनिहरुको आयआर्जनमा यसरी सहयोग गर्दा पिडितहरुलाइ थोरै भएपनि राहत अवश्य हुनेछ ।






















