राजापुर, साउन १ / शिक्षा प्रति बालबालिकामा कम हुदै गएको लगाव र नियमित देखिएको बिचलन लाइ कसरी सुधार गर्ने भन्ने उदेश्यले राजापुर नगरपालिकाले सरोकारवालाहरु सित बहस चलाएको छ ।
खस्किदै गएको शैक्षिक अवस्था र हालै आएको कक्षा १०को परिणामको बारेमा चारैतर्फ चर्चा भइरहेको हुन्छ । यसलाइ सुधार गर्दे लैजानु पर्छ भन्नेमा कसैको दुइमत नहोला ।
आउने वर्षहरुमा परिणाम राम्रो ल्याउनका लागी शिक्षामा व्यापक सुुधारको आवश्यक्त्ता देखिएकाले राजापुर नगरपालिकाले सोमबारका दिन स्थानिय शिक्षा ऐनमा भएको प्रावधान, शिक्षामा लगानी तथा गुणस्तरिय शिक्षाको लागी बहस एवं छलफल चलाएको छ ।
बहसमा शिक्षा प्रति बालबालिकामा देखिएको बिचलन लाइ कसरी कम गर्दै सुधारतर्फ जाने भन्नेबारे छलफल भएको थियो ।
नगरप्रमुख दिपेश थारुले पछिल्लो समयमा राजापुरका विद्यालयमा नराम्रो रिजल्ट आउनुुमा आफुु लगायत सम्पुुर्ण सरोकारवालाहरु जिम्मेवार भएको र सबैजना राम्रो रिजल्टका लागी आजै बाट प्रयास थाल्नु पर्ने बताउनुभयो ।
उपप्रमुख मनकला चौधरीले शिक्षामा सुधारका लागी शिक्षक अभिभावक लगायत सम्पुर्ण एकठाउमा उभिनु पर्ने बताउनुु भयो ।
राजापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाइ जग्रांर साहित्यिक बखेरीका सोम डेमनडोराले सञ्चालन एवं शेखर दहितले सहजीकरण गरेका थिए । राजापुर नगरप्रमुखको सभापतित्वमा सचांलन भएको कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत, वडा अध्यक्षहरु, शिक्षा शाखाका कर्मचारी, प्र.अ.हरु, शिक्षकलगायतले शैक्षिक सुधारका लागी आ आफनो धारण राखेका थिए ।
कमैया महिला जागरण समाजले व्यवस्थापन, यवा बखेरीले समन्वय गरेको कार्यक्रमलाइ एक्सनऐड नेपालले आर्थिक सहयोग गरेको थियो ।






















