
संजय आचार्य, १३ असार, राजापुर । बर्दिया राजापुरका ४ जना संचारकर्मी सम्मानित भएका छन् । राजापुर नगरपालिका वडा नम्बर ८ ले लामो समयदेखि संचार क्षेत्रमा कलम चलाउँदै आएका रेडियो राजापुरका प्रबन्ध निर्देशक इमेज च्यानल टेलिभिजन बर्दियाका सम्बाददाता एवम् चुरेकुञ्जका राजापुर सम्बाददाता केशव कोइराला, रेडियो साथी एफएमका पत्रकार मीन प्रसाद अधिकारी, कोठियाघाट साप्ताहिकका पत्रकार गान्दिपलाल कायस्त र भौराटप्पा बुलेटिनका पत्रकार ऋषि वाग्लेलाई सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकारहरुलाइ राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले संयुक्त रुपमा प्रशंसा पत्र प्रदान गर्नुभयो । विभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरूमा सम्मानले काम गर्ने थप ऊर्जा मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको वडा नं ८ का वडा अध्यक्ष राजेश थारुले बताउनुभयो । वडा नम्बर ८ मा रहेका सांस्कृतिक प्राकृतिक र पर्यटकीय क्षेत्रहरूको समाचार संकलन एवं प्रचारप्रसार गरी समाजलाई सुसुचित गराएका स्थानिय पत्रकारहरुलाई सम्मान गरिएको थारुले बताउनु भयो ।
आफ्नो धारणा राख्दै राजापुर नगरपालिकाका प्रशासकीय अधिकृत दशरथ बुढाले वडा नं ८ ले गरेको कामको प्रशंसा गर्दै विकास निर्माण कार्यमा सबैको महत्वपूर्ण भूमीका रहने हुँदा सबैको हातेमालो जरुरी रहेको बताउनु भयो । राजापुर नगरपालिकका उप प्रमुख मनकला कुमारी चौधरीले राजापूर क्षेत्र हरेक कुराले पूर्ण रहेको बताउँदै यहाका सम्भावना, प्राकृतीक श्रोतको संरक्षण तथा संर्बद्धन गर्न सके धेरै कुरामा राजापूर क्षेत्र अगाडी बढ्न सक्ने कुरामा जोड दिनु भयो । सम्मान ले आत्मसुन्तुष्टी दिने गर्छ ’ काम गर्ने थप उर्जा प्रदान गर्ने भएको हुदा एकदमै महत्वपूर्ण रहेको चौधरीले बताउनु भयो । नेपाल पत्रकार महासंघ वर्दिया शाखाका अध्यक्ष यादव आचार्यले स्थानिय कला संस्कृती, विकाश निर्माण र समाजलाई सुसुचित गराउने खालका समाचार बनाउने प्रशारण गर्ने संचारकर्मी हलाई सम्मान गर्दा संचारकर्मी हरुमा काम गर्ने थप उर्जा तथा हौसला प्रदान भएको बताउनु भयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यपालिका सदस्य कृष्णादेवी ढुङ्गानाले संचारमाध्यममा काम गर्ने संचारकर्मी लाई सम्मान गर्ने काम वडा नं ८ ले सर्हासनीय गरेको बताउनु भयो । सम्मान कार्यक्रममा कार्यालयका उत्कृष्ट काम गर्ने कर्मचारी र संघ संस्थालाई समेत सम्मान गरिएको थियो । राजापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजेश थारुको सभाध्यक्षमा सम्पन्न भएको सम्मान कार्याक्रममा राजापूर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, राजापूर नगरपालिकाका प्रशासकीय अधिकृत दशरथ बुढा लगायत जनप्रतिनीधी एवम संचारकर्मीहरुको उपस्तिथी रहेको थियो ।चुरेकुञ्ज बाट साभार






















