विज्ञापन

टीकापुर क्षेत्रमा रहेका बैक तथा बित्तिय संस्थाका भवन कहिल्ये बन्लान अपाङ्ग मैत्री

Image

टीकापुर / कैलालीको टीकापुर क्षेत्रमा रहेका बैक तथा बित्तिय संस्थाका भवन अपाङ्गता नहुदा अपाङ्गता भएका ब्यक्तिहरुलाई शास्ती हुने गरेको छ । जिल्लाको टीकापुर नगरपालिका अन्तरगत रहेका ठुला बैक देखि स्थानिय स्तरमा रहेका अधिकांश सहकारीका भवन अपाङ्ग मैत्री नहुदा अपाङ्गता भएका ब्यक्तिहरुलाई सास्ती हुने गरेको छ । भवन अपाङ्ग मैत्री नहुदा अपाङ्गता भएका ब्यक्ति र बृद्ध बृद्धालाई अफ्ठयारो हुने गरेको छ । सुरक्षाका दृष्टिकोण ले अधिकांश बैक र सहकारीहरुका अफिस १र२ तला माथि रहेका छन जुन अपाङ्गता र बृद्धबृद्धा भएकाहरुलाई बैक तथा सहकारीमा सेवा लिदा सास्ती हुने गरेको एक जना बृद्धले बताए । कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित रहेका ठुला बैक राष्ट्रिय बाणिज्य बैक, प्रभु बैक, सानाकिसान सहकारी संस्थाका कार्यालय संचालन भवन अपाङ्ग मैत्री नहुदा अपाङ्ग र बृद्धअबश्था मानिसलाई समस्या हुने गरेको छ । त्यसैगरि वडा न ७ स्थित सामुदायिक सहकारी संस्था लिमिटेड , उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ,किसान सहकारी संस्था लिमिटेड का भवन अपाङ्ग मैत्री नभएको अवस्था छ । राष्ट्रिय बाणिज्य बैकको भडामा संचालन रहेको ग्राउण्ड फ्लोरमा रहेको छ भने प्रभु बैक सती शाखाको भडामा रहेको भवन माथिल्लो तलामा रहेको छ।त्यस्तै स्थानिय स्तरमा संचालनमा रहेका सहकारी सामुदायिक सहकारी संस्था लिमिटेड , उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका आफ्नै भवन भएता पनि अपाङ्ग मत्री नभएको र माथिल्ला तलाबाट सेवा प्रवाह गरिरहेको जसका कारण अपाङ्ग र बृद्धअबश्था मानिसलाई सेवा लिन समस्या हुने गरेको एक स्थानियले बताए ।त्यसै गरि टीकापुर वडा न ८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले पनि आफनै भवनबाट सेवा दिएता पनि अपाङ्ग मैत्री भवन नभएको त्यो पनि सिढी चढेर माथिल्लो तलाबाट सेवा लिनु पर्दा समस्या हुने गरेको टीकापुर ८ फाटाका दृष्टबिहिन सुरबिर चौधरीले बताए ।तल्लो तलाबाट संचालन रहेका बैक तथा बत्तिय संस्था र सहकारीले सहजै ह्वलचियर आवत जावत गर्न सक्ने नभएको टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले बताए ।

विज्ञापन
विज्ञापन
विज्ञापन