विज्ञापन

सामुदायिक पुस्तकालय द्वारा निशुल्क कम्प्युटर अभ्यासको बेवस्था

Image

रुनिष्मा जोशी, प्रशिक्षार्थि पत्रकार / कैलालीको भजनी नगरपालिका -१ भजनिमा रहेको जनता सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले निशुल्क रुपमा कम्प्युटर सिक्ने ब्यबस्था मिलाएको छ । न्यून आय भएका तथा शुल्क तिरेर अध्ययन गर्न नसक्ने बर्गहरु सहजै अध्ययन गर्नसकुन भन्ने उदेश्यले यस्तो ब्यबस्था मिलाइएको पुस्तकालयका अध्यक्ष हेमेन्द्र भारद्वाजले जानकारी दिनुभयो । पुस्तकालयमा अहिले लोकसेवा तयारी गरिरहेका २२ जना नियमित कम्प्युटर अभ्यास गरिरहेको अध्यक्ष भारद्वाजले बताउनुभयो । पुस्तकालयमा ऐतिहासिक झल्कने,विभिन्न बिधाका १५ सय पुस्तक रहेको पुस्तकालय कर्मचारी लक्ष्मी बुढा जैशिले बताउनु भयो । पुस्तकालयमा दैनिक १५-१६ जना किताब पढ्न आउने गरेको समेत जैशिले बताउनु भयो । पुस्तकालयमा बालबालिका मनोरञ्जन एवं खेल कक्ष,कम्प्युटर कक्ष, अध्ययन कक्ष,गरेर ३ कक्ष रहेका छ्न । पुस्तकालयलाई आवस्यक पर्ने पुस्तकहरु भजनी नगरपालिकाले उपलब्ध गराउदै आएको छ भने सामाजिक बिकास मन्त्रालयले समेत अनुदान दिदै आएको छ । पुस्तकालयलाई विभिन्न दातृ निकायले समेत अनुदान सहयोग गर्दै आएको छ । पुस्तकालय २०१५ सालमा स्थापना भएको हो ।

विज्ञापन
विज्ञापन
विज्ञापन