विज्ञापन

कैलालीको टीकापुरमा सडक नाटक प्रदर्शन

Image

टीकापुर / कैलालीको टीकापुरमा लागुऔषध तथा बिवाह सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । टीकापुर नगरपालिका वडा न ७ को आर्थिक सहयोग र डाँडाबोझी युवा क्लबको आयोजनामा लागुऔषध तथा बाल बिवाह सम्बन्धि सचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको वडा न ७ का वडा सदस्य राजकुमार चौधरीले जानकारी दिएका छन । थारु भाषामा तयार पारिएको लागुऔषध तथा बाल बिवाह सम्बन्धि सचेतना मुलक सडक नाटकमा लागुऔषधको प्रयोगबाट हुने असर र त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिईएको थियो ।लागुऔषध नियन्त्रणका लागि अभिभावक पनि सचेत हुनु जरुरी रहेको सन्देश दिईएको थियो । त्यसैगरि बाल बिबाह न्युनिकरणका लागि बालबनलिका सहित अभिभावक पनि सचेत हुनु पर्ने सन्देश दिएको सडक नाटकमा उमेर पुगेपछि अर्थात २० बर्ष पुगे पछि बिबाह गर्ने उमेर भएको र बाल उमेरमा बिबाह भएमा बालबालिकामा हुने असरका बारेमा समेत सन्देश दिईएको छ ।लागुऔषध तथा बिवाह सम्बन्धि सचेतना मुलक सडक नाटक टीकापुर नगरपालिका वडा न ७ का विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । वडा का बेलुवा चोैराहा, बेलुवागाँउ, दिव्यपुर दुर्जनपुर, बैदी ,खैरझाला, सत्ती पदमपुर लगायतका स्थानमा प्रदर्शन गरिएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन