विज्ञापन

राजापुरमा दुइदिने क्षमता अभिबृद्धी तालिम आईतबार सुरु

Image

बर्दियाको राजापुरमा दुइदिने क्षमता अभिबृद्धी तालिम आईतबार सुरु भएको छ । राजापुर नगरपालिका वडा नं ४ आयोजनामा वडा स्तरिय महिला संजालका पदाधिकारीको सहभागितामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटनमा बोल्दै वडा सदस्य राम वहादुर चौधरीले तालिमबाट महिलाहरुले खुलेर बोल्न सक्ने भन्दै सकृय सहभागीता जनाई भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । वडा सचिव मखन थारुले संचालन गरेको तालिममा नेतृत्व केहो, व्यक्तीत्व के हो ,व्यक्तीत्व बिकास कसरी गर्ने ,संचार केहो प्रभावकारी संचार कसरी गर्ने उद्घोषण कसरी गर्ने ,सफल उद्घोषकमा हुनुपर्ने गुणहरु के–केहुन् भन्ने बिषयमा संचारकर्मी केशव कोइरालाले प्रशिक्षण दिइरहनु भएको छ । तालिम प्रभावकारी हुने अपेक्षाकासाथ संजालका पदाधिकारीहरुलाई सहभागी गराइएको वडा स्तरिय महिला संजालका अध्यक्ष बिमला जिशीले जानकारी दिनुभयो । वडा नं ४ का कार्यवहाक अध्यक्ष दयाराम चौधरीको अध्यक्षतामा तालिम सुरु गरिएको हो

विज्ञापन
विज्ञापन
विज्ञापन