टीकापुर / कैलालीको टीकापुरमा कृषक पाठशालाको एक कार्यक्रमका बिच समापन गरिएको छ ।हरियाली जलबायु अनुकुलन कृषक पाठशालाको समापन गरिएको हो ।हरियाली जलबायु अनुकुलन कृषक पाठशालाकी अध्यक्ष पुष्पा चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा टीकापुर नगरपालिका का कार्यपालिका सदस्य कैलाशपति चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने बिशिष्ठ अतिथि टीकापुर नगरपालिका वडा नं ७ का वडा सदस्य राज कुमार चौधरी र दिगोबिकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनार रहेका थिए ।पौष २९ गतेबाट संचालन गरिएको कृषक पाठशालाको सोमबार २२ हप्ता पश्चात् समापन गरिएको दिगो बिकास समाज भजनीका परियोजना अधिकृत बिनोद कुमार शाहले जनाएका छन ।

दिगोबिकास समाज भजनी र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तरगत संचालन गरिएको पाठशाला समापन कार्यक्रममा परियोजना अधिकृत बिनोद कुमनर शाहले कार्यक्रमको उदेश्यका बारेमा बोल्दै स्थानिय कृषकलाई जलवायु अनुकुलन सम्बन्धि जानकारी गराई सोहि अनुसारको तरकारी खेती गर्नमा उत्प्रेरणा जगाउनका साथै माटोको उर्वर शक्ति बढाउनमा जोड दिने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको बताउदै अब तरकारी खेतीमा जैबिक मलको प्रयोगमा जोड दिन आग्रह गरेका छन । समापन कार्यक्रममा टीकापुर नगरपालिका वडा न ७ का वडा सदस्य राजकुमार चौधरीले कृषक पाठशालाबाट सिकेका कुरालाई व्यवहारमा उतार्दै जिविकोपार्जन तिर लाग्नु पर्ने र नमुना कृषक समुहका रुपमा चिनाएमा वडा कार्यालयबाट कृषिका क्षेत्रमा लगानी गर्नका लागि सदैब तत्पर रहने प्रतिबद्धता जनाउनु भयो । दिगो बिकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारले समापन कार्यक्रममा कृषक पाठशाला बाट सिकेका कुरालाई व्यवहारमा लागू गरेमा जिविकोपार्जनमा मद्धत पुग्ने बिश्वास ब्यक्त गरेका छन । समापन कार्यक्रममा कार्यपालिका सदस्य एबम् प्रमुख अतिथि कैलाशपति चौधरीले नगरपालिका बाट कृषकका लागि आवश्यक पर्ने आर्थिक तथा प्राबिधिक सहयोगका लागि समुहले कार्यक्रम बनाएर आएमा सहयोग गर्न सकिने बताउदै नमुना समुहको रुपमा चिनाउनु हुन समेत आग्रह गरेकि छिन । जलबायु अनुकूलन कृषिमा जोड दिनुपर्ने र रासायनिक बिषादीको न्यूनीकरण र प्राङ्गाणिक मल प्रयोग गरि खेतीयोग्य जमिनमा उर्वरता बढाउनु पर्ने बताएका थिए ।

कृषक पाठशालामा २५ जना सदस्य रहेका थिए र ५ जनाको सदस्य रहने गरि ५ वटा उपसमुहमा बिभाजन गरिएको थियो र २२ हप्तामा सिकेका कुरालाई नाटकिय बिधिबाट सहभागीले प्रस्तुत गरेका थिए । समापन कार्यक्रम को संचालन सामाजिक परिचालक खुशि राम चौधरीले गरेका थिए ।
























