
बाँसगढी/ जैविक कृषि प्रबर्दन परियोजना(जैविक मल कारखाना) मुख्यमन्त्री तथा मन्त्रिपरिषद को कार्यालय र बाँसगढी नगरपालिका बिच २ आ.ब. मा सम्पन हुने गरि प्रदेश सरकार को १ करोड र बाँसगढी नगरपालिका को ३ करोड लागत साझेदारी मा सम्झौता भएको छ । अब छिटै किसानका खेतबारीमा बासगढीमै उत्पादन भएको जैविक मल प्रयोग हुुने र रसायनिक मलको प्रयोगमा कमि आउने विश्वास प्रमुुख प्रसासकिय अधिकृत ओलीको छ ।
बाँसगढी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलि, योजना शाखा प्रमुख खडग बहादुर ओलि र कृषि शाखाबाट बिमल सुवेदी ले शुुक्रवारका दिनमा मुख्य मन्त्री को कार्यालयमा सम्झौता गरेका थिए । बिभिन्न ३२ वटा बुदामा सम्झौता भएको र देशकै नमुना प्रोजेक्ट हुने अनुुमान गरिएको छ । उत्पादन सुुरु हुुन थालेपछि बर्सेनि १६ हजार मल उत्पादन हुने लक्ष्य छ । गाउघरमा खेरगइ रहेको गोवर, मलमुत्र पातपतिङगर , गेडागुडिको धुलो लगायतका बस्तुु प्रयोगमा आउने छन । यसलाई CBNM विधिबाट प्रयोग गरि कार्बन ,ब्याक्टेरिया ,नाइटोजन र मिनिरल प्राप्त हुने छ । यसको उत्पादन हुुन थाले पछि बिषादि को प्रयोग कम हुने र स्थानिय स्तरमा मानिसलाईले रोजगारि पाउने नगर प्रमुख खडक बहादु खडकाले जानकारी दिनु भएको छ ।























