विज्ञापन

कैलालीको टीकापुरमा एक मेडिकलमा छापा हानेर मेडिकलमा सिल

Image

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं ७ मा रहेको एक मेडिकल मंगलबार सिल गरिएको छ। मेडिकल अनुगमनका क्रममा नियमविपरीत औषधि बिक्रीवितरण गर्ने गरेकोले औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जले छापा हानेर सिल गरेको हो।
उक्त मेडिकलमा मेडिकल अनुगमनको क्रममा बेच्न नपाइने औषधिहरु पनि बेच्ने गरेको भेटिएकोले मेडिकल सिल गरिएको प्रहरी चौकि सत्तीका प्रमुख प्रहरी नायब निरिक्षक अशोक खडका ले बताए । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका अधिकृत दिपेन्द्र कुमार साहको नेतृत्वमा आएको टोलिले मंगलबार टिकापुर ७ नारायणपुर बेलुवामा रहेको रविना मेडिकलमा अनुगमनका क्रममा बिक्री गर्न नमिल्ने नमुना औषधि बिक्रीवितरण गर्ने गरेको पाईएकोले १५ दिनको लागि मेडिकल सिल गरिएको जानकारी प्राप्त भएको छ ।
टिकापुर ७ स्थित महेश कुमार श्रीवास्तवले संचालन गरेको मेडिकल १५ दिनको लागि सिल गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका अधिकृत दिपेन्द्र कुमार साहले बताए ।
सो क्षेत्रमा फार्मेसी तथा मेडिकल एक जनाको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको,सरकारी कर्मचारीले पनि मेडिकल संचालन गर्ने गरेको जनगुनासो रहेको अनुगमनमा रहेका एक सदस्यले बताए ।
टीकापुर नगरपालिकाले पनि झोले, नियमविपरीत संचालनमा रहेका ,मापदण्ड अनुसार संचालन नभएका फार्मेसी तथा मेडिकलको अनुगमन हुनुपर्ने एक मेडिकल संचालकले बताए । नियम विपरीत खोलिएका क्लिनिक, ल्याब, एक्सरे, मेडिकल फार्मेसीहरु बन्द गरेका छौं अनुगमनमा संलग्न साहले बताएका छन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन