
बर्दिया / बर्दिया जिल्लाकाे बढैयाताल गाउपालिकामा दुई स्थानबाट २६ किलाे चरेस सहित दुईजना पक्राउ परेका छन । जमुनाहा नाकाबाट ४ किलाे चरेस सहित १ जना पक्राउ परेका छन । बर्दिया स्थित जमुनाहा नाका रहेकाे प्रहरी चाैकी जमुनीबाट खटिएकाे प्रहरी टाेलीले बढैयाताल गाउँपालिका वडा न २ फुटहा स्थित झुप बहादुर बि क काे घरमा डेरा गरि बस्दै अाएका जिल्ला पश्चिम रुकुम सानाे भेरी गाउँपालिका वडा न ६ काेटगाँउ घर भएकाे बर्ष ३० काे तिलक पुनलाई ४ किलाे लागुअाैषध ( चरेस) सहित पक्राउ गरेकाे प्रहरी चाैकी जमुनी का ईन्चार्ज प्रहरी नायब निरिक्षक टंक बहादुर ठकुल्लाले जानकारी दिएका छन । ईन्चार्ज ठकुल्लाका अनुसार विशेष सुराकीका अाधारमा काेठामा लुकाईछिपाई खैराे टेपले बेरिएकाे अवस्थामा ६ पाेका । सेताे टेपले बेरिएकाे अवस्थामा २ पाेका गरि ८ पाेका पक्राउ गरेकाे र जसकाे ताैल ४ किलाे १ सय ग्राम रहेकाे जानकारी दिएका छन । त्यसै गरि अाजै प्रहरी चाैकी जमुनी र शसस्त्र प्रहरी बल बिअाेपीफुटाहाकाे संयुक्त गस्ती टाेलीले २२ किलाे चरेस सहित जिल्ला रुकुम पश्चिम बस्ने नन्द बहादुर पुनको छोरा बर्ष ३४ को वम बहादुर पुनलाइ समेत पक्राउ गरिएकाे जनाएको छ। निजलाई बर्दिया बढैयाताल गा.पा २ फुटाहा स्थित ५१ नम्बर पिल्लर स्थित नेपाल भारत सिमाना नजिक बाट पक्राउ गरिएकाे हाे । पक्राउ परेका दुवै जनालाई अावश्यक कारबाही का लागि ईलाका प्रहरी कार्यालय मैनापाेखर पठाएकाे समेत ठकुल्लाले बताए । एक साता अगाडि साेही नाकाबाट ६ किलाे चरेस सहित एक जना पक्राउ परेका थिए । पछिल्लाे समय चरेस अाेसारपसारका लागि जमुनी नाकालाई तस्करले प्रयाेग गर्दै अाएकाे यी घट्नाले पुष्टि गरेकाे छ भने त्यसलाई प्रहरीले बिफल पार्दै अाएकाे पाईन्छ ।






















