टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ मा ब्यवशाय सुरु र सुधारका लागि ३ दिने तालिमको शुक्रबार समापन गरिएकाे छ । टीकापुर नगरपालिका वडा न ६ ,७,८ र ९ का साना ब्यवशायहरुका लागि संचालन गरिएकाे जसमा १८ जना ब्यवशायीहरुकाे सहभागिता रहेकाे थियाे ।

दिगाे बिकास समाज भजनीकाे अायाेजनामा र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालकाे सहयाेगमा संचालित पाेषण तथा उत्थानशिल जिविकाेपार्जन परियाेजना अन्तरगत संचालन गरिएकाे तालिमकाे समापन दिगाे बिकास भजनीका सह सचिब धनिराम राजिकाे सभापतित्वमा भएको थियाे भने टीकापुर नगरपालिका वडा न ९ का वडा सदस्य किरण चाैधरी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि चाैधरीले सहभागी लाई ब्यवशाय ठुलाे सानाे नभनि लगनशिल भई काम गर्न र उत्कृष्ट ब्यवशायी हुन समेत शुभकामना दिएका छन । संस्थाले ब्यवशाय कसरी गर्ने र जिबिकाेपार्जन कसरी गर्न सकिन्छ भन्ने सिकाउछ र त्यसलाई ब्यवहारमा उतार्न सक्नु पर्ने कुरा बताउनु भएको छ । कार्यक्रममा दिगाे बिकास समाज भजनीका परियाेजना अधिकृत बिनाेद शाह, तालिमका सहजकर्ता रिमा चाैधरी सहभागी सन्ताेष बि क लगायतले अाफ्ना धारणा राखेका थिए । टीकापुर नगरपालिका वडा न ६,७,८,९ का नयाँ ब्यवशाय संचालन गर्न ईच्छुक रहेका र ब्यवशाय संचालन गर्दै अाईरहेका व्यवशायीहरुलाई व्यवशायलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ र निरन्तरताको लागि कसरी दिन सकिन्छ भन्ने बिषयमा जाेड दिईएकाे थियाे । दिगाे बिकास समाज भजनीले टीकापुर भजनी लगायतका क्षेत्रमा स्थानियलाई सिपमुलक तालिम र कृषि सम्बन्धि तालिम संचालन गरि स्वराेजगार बनाउनमा पहल गरिरहेकाे छ ।























