विज्ञापन

समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको पालिकास्तरिय अनुगमन

Image

कैलालीको टीकापुर नगरपालिका मा समाबेशी तथ गुणस्तरीय शिक्षा परियोजनाको पालिकास्तरिय अनुगमन गरिएको छ । यार्ड नेपाल धनगढी र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित समाबेशी तथ गुणस्तरीय शिक्षा परियोजनाको पालिकास्तरिय अनुगमन गरिएको हो । टीकापुर नगरपालिका अन्तरगतका बिषयगत शाखा का प्रमुख पत्रकार लगायतको टोलिले अनुगमन गरेको हो ।परियोजनाले गरेका कृयाकलाप र भएका उपलब्धिका बारे परियोजना संचालित क्षेत्रमा गई अनुगमन गरिएको छ । टीकापुर नगरवालिका वडा न ६ स्थित मिलनपुर शिबिर टीकापुर नगरपालिका वडा नं ७ डाडाबोझीमा संचालित अभिभावक सचेतना गोष्ठी, पढाइ कुना,का बारेमा अनुगमन गरिएको छ । साथै वडा न ६ स्थित राष्ट्रिय माबि बेलुवामा बसाइँ व्यवस्थापन सामग्रीको अवस्था र परेको प्रभाव का बारेमा बिद्यालयका प्राधानाध्यापक र बिब्यस संग छलफल गरिएको छ ।अनुगमन पश्चात् अनुगमन टोलिले बिद्यालयमा गुणस्तरीय शिक्षाका लागि संघ संस्थाले नगरपालिका संग समन्वय गरि अनुगमन बेलाबेलामा गर्न आवश्यक रहेको र केही शैक्षिक सामग्रीको अभाव भएकाले सामग्री उपलब्भ गराउनु पर्ने सुझाब दिईएको छ । अनुगमनमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु, नगरपालिका शिक्षा शाखाकी बिना पौडेल, गैर सरकारी संघ संस्था समन्वयन उपशाखा प्रमुख अमृता कुमारी रावल , टीकापुर नगरापलिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने, वडा न ६ का वडा अध्यक्ष बलिराम चौधरी लगायतको सहभागिता रहेको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन