विज्ञापन

द्धन्द्धकालमा भत्किएको बर्दिया भुरीगाउँको प्रहरी चौकी झण्डै २२ वर्षपछि पुनःनिर्माण

Image
 झन्डै २२ वर्ष अघि २०५८ सालमा बम विस्फोटबाट पूर्ण रूपमा भत्किएको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँको भवन पुनः निर्माण भएको छ । झन्डै २२ वर्षअघि द्वन्द्वकालमा बम विस्फोटबाट पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँ बर्दियाको भवन पुनः निर्माण भएको हो ।
बर्दिया ठाकुरबाबा नगरपालिका–२, मा रहेको नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन निर्माण कार्य लुम्बिनी प्रदेश सरकारबाट प्राप्त ३ करोड ७८ लाख ४१ हजार रकम लागतमा सम्पन्न भएसँगै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले मङ्गलवार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले यस कार्यालयमा कार्यरत प्रहरीहरूले विगतका दिनमा भन्दा आगामी दिनमा आम नागरिकलाई सेवा दिन र नागरिकका पीडा कम गर्ने खालका काम गर्न अनुरोधका साथ निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो “यति सुन्दर भवनबाट मनको सुन्दर होइन, कानुनको सुन्दर हुन जरुरी छ, प्रहरीले आफ्नो कार्यशैली परिवर्तन गर्न जरुरी छ” । इलाका प्रहरी कार्यालयको भवन पुनः निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारसहित विभिन्न क्षेत्रबाट सहयोग गर्ने स्थानीयबासी सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या थियो, थुनुवा हिरासत कक्षसहितको भवन निर्माण भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रहरीसँग सम्बन्धित मुद्दा पनि यहीँबाट सञ्चालन हुने भएकाले अब सदरमुकाम गुलरिया जानुपर्ने समस्याको अन्त्य हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताउनुभयो ।(saurce- Tiger khabar)

विज्ञापन
विज्ञापन
विज्ञापन