मान बहादुर ठकुल्ला, टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा स्वास्थ्य का लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे एक कार्यक्रम का बिच उद्घघाट्न भएकाे छ । कर्णाली माध्यमिक बिद्यालय सत्तीकाे अायाेजनामा भएकाे उद्घघाट्न कार्यक्रम मा बिद्यालयका पदेन सदस्य तथा टीकापुर नगरापलिका वडा न ७ का वडाअध्यक्ष यज्ञ प्रसाद न्याैपानेकाे अध्यक्षता भएकाे थियाे भने प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु रहेका थिए ।
टीकापुर नगरपालिका वडा न ६, ७, ८ र ९ का ११ सामुदायिक र ६ निजि बिद्यालयकाे सहभागिता रहेकाे प्रतियोगिता उद्घघाटन समाराेहमा विशिष्ट अतिथि टीकापुर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दमन सिह चाैधरी रहेका थिए । नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा दाैड, हाईजम्प,लमजङ्ग, ज्याबलिङ्ग थ्राे, सटफुट, भलिबल लगायतका खेल हुने अायाेजक बिद्यालयका प्रधानाध्यापक जगबिर शाहले जानकारी दिएका छन। उद्घघाटन समाराेहमा पुर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईमानसिह खडका,कालिका ईङ्गलिस बाेर्डिङ्ग स्कुलका अध्यक्ष नृप बहादुर कडायत, त्रिभुवन माबि बटनपुरका प्रधानाध्यापक रबिन्द्र कठायत,समाजसेवी फकिरसिह कडायत र टीकापुर नगरपालिका वडा न ८ का वडाअध्यक्ष दिर्घ बहादुर ठकुल्ला लगायतले शुभकामना मनतब्य राखेका थिए । यस्तै गरि टीकापुर नगरपालिका वडा न १ देखि ५ सम्मका सामुदायिक र निजि बिद्यालयहरुकाे नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे पनि टीकापुर स्थित बिरेन्द्र बिद्या मन्दिरकाे खेल मैदानमा संचालन भएकाे छ । दुई स्थानबाट प्रथम दितिय र तृतिय भएका खेलाडीहरुकाे राष्टपति रनिङ्ग शिल्डका लागि फाईनल हुने जनाएकाे छ ।























