विज्ञापन

टीकापुरमा खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता शुरु

Image

टीकापुर नगरपालिका वडान ७ मा युवा सङ्ग मेयर कार्यक्रम अन्त्रगत खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता आज देखी टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती खेलकुद मैदानमा शुरु भएको छ ।

वडा स्तरिय खेलकुद समितीका संयोजक महेश रावल को सभापतित्वमा भएको कार्यक्रम मा टीकापुर नगरपालिका का नगरप्रमुख रामलाल डगौरा प्रमुख अतिथी रहनुभएको थियो। भने विशिष्ट अतिथिमा टीकापुर नगरपालिका वडा न ६ का अध्यक्ष बलिराम चौधरी , वडा न ४ का अध्यक्ष लालबिर चौधरी , वडान ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने र वडा न ८ का दिर्घ बहादुर ठकुल्ला रहनुभएको थियो । प्रमुख अतिथी नगरप्रमुख डगौरा ले खेलाडी रास्ट्रको गहना भएको बताउनुभयो । डगौराले खेलकुद प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउदै खेलकुद प्रतियोगिता मा नगरपालिका ले सधै सहयोग गर्ने बताउनु भएकाे छ । आज भएको उद्घघाट्न खेलमा टीकापुर नगरपालिका वडा न ७ ए र टीकापुर वडा न ४ ए बिच भएको थियाे ।प्रतियोगितामा वडा न ७ ले शून्य का विरुद्ध ३ गोल गरेर बिजयी भएको छ ।टीकापुर नगरपालिका वडा न ७ ए टिमका माधब भण्डारीले खेल शुरु भएको २८ अाै मिनेटमा गाेल गरि अाफ्नाे टिमलाई अग्रता दिलाएका थिए भने टीकापुर नगरपालिका वडा न ७ कै हेमन्त ठकुल्लाले दाेश्राे हाफकाे २१ अाै मिनेटमा दाेश्राे गाेल गरि जितलाई सुनिश्चित गरेका थिए भने पुन २६ अाै मिनेटमा पुन अर्काे गाेल गरि जित गराएका थिए ।भोलि हुने फुटबल प्रतियोगिता मा टीकापुर वडा न १ A र टीकापुर वडा न ६ A का बिच पहिलो प्रतियोगिता हुनेछ ! दोस्रो प्रतियोगिता टीकापुर वडा न ५ र टीकापुर वडा न ८ B र तेस्रो खेल टीकापुर ७ सि डाडाबाृझी र टीकापुर वडा न ९ बिच हुने आयोजकले जनाएका छन् । खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दिया जिल्लाकाे राजापुर नगरपालिका , गेरुवा गाउँपालिका , कैलालीको टीकापुर नगरपालिका , भजनी नगरपालिका जाेशीपुर गाउपालिका विभिन्न वडाका २४ वटा टिमकाे सहभागिता रहेकाे छ भने प्रतियोगिता २१ गते सम्म संचालन रहने छ ।प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार सहित ट्रफी मेडल प्रमाण पत्र समेत पाउने छन भने उप बिजेता ले नगद ३१ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन ।प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलरक्षक, उत्कृत डिफेन्डर,उत्कृष्ट मिट खेलाडीलाई नगद २५ सय प्रदान गरिने जानकारी दिएकाे छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन